onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौं(अनलाइन खेल खबर )। सन्दीप लामिछाने नेतृत्वको काठमाडौं मेयर -११ लाई हराउँदै विभागीय टोली एपीएफ काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ ।

प्रतियोगिताको फाइनल पुग्ने क्रममा बिहिबार लिगको आफ्नो अन्तिम खेलमा मेयर -११ लाई ७ विकेटले पराजित गरेसँगै एपीएफ प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

खेलमा मेयर -११ ले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी चुनौतीलाई एपीएफले उक्त चुनौतीलाई ४४.१ ओभरमा मात्र ३ विकेट गुमाएर उक्त चुनौतीलाई पूरा गर्यो ।

एपीएफको महत्वपूर्ण जितमा कप्तान शरद भेषवाकरले कप्तानी पारी खेले । अविजित रहेका उनले १ सय ८ बलमा ५ चौका र १ छक्कासहित ६१ रनको योगदान गरे ।

यस्तै अविजित रहेका अर्का सन्दीप जोराले ७९ बलमा ९ चौकासहित ६२ रन बनाए भने ओपनर ब्याट्सम्यान संखर रानाले ३१ रन र भुवन कार्कीले ११ रन बनाए ।

बलिङतर्फ मेयर -११ का अनुज चुनारा,अनिल खरेल र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर-११ ले ४८.५ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ७७ रनमा सिमित हुन् पुग्यो ।

उसका लागि सन्दीप रजाईलीले सर्वाधिक ठूलो पारी खेले । ८३ बलको सामना गरेका ५ चौकासहित ४८ रनको योगदान गरे । यस्तै हरी संखर शाहले ३६,विक्रम भुषालले २० रन , खडक बोहराले १३ रन र कप्तान सन्दीप लामिछानेले ११ रन बनाए ।

बलिङतर्फ एपीएफका अभिनाश बोहरा र कमल सिंह एरीले ३-३ विकेट लिए । यस्तै बसन्त रेग्मी,शरद भेषवाकर र भुवन कार्कीले १-१ विकेट लिए ।

अब एपीएफले उपाधिका लागि शनिबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ । खेल टियु क्रिकेट मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्