onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारसको शतकमा आर्मीलाई बलियो लक्ष्य

काठमाडौं (अनलाइन खेल खबर ) । अनुभवी खेलाडी पारस खड्काले शतकीय पारी खेलेपछि काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणको आफ्नो अन्तिम खेलमा बागमती प्रदेशले आर्मीलाई २ सय ६७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४९.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ६६ रन बनाएको छ ।
टिमले प्रतियोगिताकै सर्वाधिक उच्च स्कोर बनाउने क्रममा पारस खड्काले सर्वाधिक ठूलो पारी खेले । १ सय ३३ बलको सामना गरेका उनले ११ चौका र २ छक्कासहित १ सय १९ रनको योगदान गरे । यी बाहेक टिमका लागि नन्दन यादवले ४२ रन , इशान पाण्डेले २६ रन , आदील खान र पृथु बास्कोटाले १२ बनाए ।
बलिङतर्फ आर्मीका लागि सोमपाल कामी एक्लैले ५ विकेट हात पारे । आफ्नो स्पेलको १० ओभर पूरै बलिङ गरेका सोमपालले ६५ रन खर्चिएर उक्त विकेट लिए । यस्तै विक्रम शोब, जितेन्द्र मुखिया ,शाहब आलम र करण केसीले १-१ विकेट लिए ।

अब बागमतीले प्रस्तुत गरेको २ सय ६७ रनको विजयी चुनौतीलाई पछ्याउँदै आर्मीले अबको केहिबेरपछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्