onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीविरुद्ध पारसको शतक

काठमाडौं (अनलाइन खेल खबर ) । बागमती प्रदेशका अनुभवी ब्याट्सम्यान पारस खड्काले काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणको आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मीविरुद्ध शतकीय पारी खेलेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीलाई प्रतिस्पर्धात्मक योगफलतर्फ पुर्याउन महत्त्वपूर्ण पारी खेलेका उनले १ सय २२ बलमा शतक पूरा गरेका थिए । १ सय ३३ बलको सामना गरेका ११ चौका र २ छ्क्कासहित १ सय १९ रनको योगदान गरे । अहिले क्रिजमा नन्दन यादव र विपिन आचार्य रहेका छन् । जसमा आचार्यले ९ रन बनाईसकेका छन्

यता टोलीले ४३ ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएको छ ।

त्यसअघि टिमका लागि ईसान पाण्डेले ५२ बलमा ४ चौकासहित २६ रनको योगदान गर्दा पृथु बास्कोटाले १२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा पभेलियन फर्किएका थिए ।

बलिङतर्फ हालसम्म सोमपाल कामीले चार तथा जितेन्द्र मुखिया र शाहब आलमले एक-एक विकेट लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्