onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पारस शतकतर्फ अग्रसर

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लिग चरणको आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मीविरुद्ध बागमती प्रदेशका अनुभवी ब्याट्सम्यान पारस खड्काले अर्धशतकीय पारी खेलेका छन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले सुरुवात पनि राम्रो गरिरहेको छ । जसमा टिमका महत्त्वपूर्ण खेलाडी पारस खड्काले ८० बलमा आफ्नो अर्धशतक पूरा गरेका छन् । ताजा स्थितिमा पारसले ६७ रन बनाईसकेका छन् । र शतकतर्फ अग्रसर भएका छन् ।

त्यसअघि टिमका लागि ईसान पाण्डेले ५२ बलमा ४ चौकासहित २६ रनको योगदान गर्दा पृथु बास्कोटाले १२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल ६ रनमा आउट हुन् पुगे ।

अहिले मैदानमा पारसलाई आदिल खानले साथ दिइरहेका छन् । बलिङतर्फ हालसम्म सोमपाल कामीले २ तथा जितेन्द्र मुखिया र शाहब आलमले १-१ विकेट लिए ।


प्रतिक्रिया दिनुहोस्