onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

शाई होपको सानदार शतकमा श्रीलंकामाथि वेस्ट इन्डिजको सहज जित

एजेन्सी । घरेलु टोली वेस्ट इन्डिज र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले सहज जित हासिल गरेको छ ।

सिरिजमा विजयी सुरुवात गर्ने क्रममा वेस्ट इन्डिजले बुधबार राति श्रीलंकालाई ८ विकेटले पराजित गर्यो ।

खेलमा श्रीलंकाले प्रस्तुत गरेको २ सय ३३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले उक्त चुनौतीलाई ४७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

टिमलाई सहज जित दिलाउने क्रममा उसका लागि शाई होपले सानदार ब्याटिङ गरे टिमका ओपनर तथा विकेट किपर ब्याट्सम्यान होपले १ सय ३३ बलको सामना गर्दै १२ चौका र १ छक्कासहित १ सय १० रन बनाए ।

एकदिवसीय क्रिकेटमा उनको यो १० औं शतक हो उनि ४२.६ ओभरमा टिमको स्कोर २ सय १५ रन हुँदा दोस्रो विकेटका रुपमा दुश्मन्थ चमेराको बलमा पभेलियन फर्किएका थिए ।

यस्तै टिमका लागि अर्का ओपनर इविन लुइसले ६५ तथा ब्राब्रोले ३७र अविजित रहेका जेसन मोहमम्दले १३ रन बनाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली श्रीलंका ४९ ओभरमा आफ्नो सबै विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।

उसका लागि ओपनरद्वय दिमुथ करुणरत्ने र दनुष्का गुणथिलाकाले क्रमश: ५५ र ५२ रन बनाएका थिए । यस्तै अशेन बन्दराले ५० रन र विकेट किपर दिनेश चंडीमलले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

बलिङ वेस्ट इन्डिजका जेसन मोहमम्द र जेसन होल्डरले २-२ विकेट लिए भने किरोन पोलार्ड, फेबियन एलेन र अल्जारी जोसेफले १-१ विकेट लिए । अब यी दुई बीच दोस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्