onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

एपीएफको नजर फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत लिग चरणका अन्तिम खेलहरु आज बिहिबार हुँदैछन् ।

जसमा कीर्तिपुरस्थित टियु मैदानमा बागमती प्रदेशले त्रिभुवन आर्मीको सामना गर्दा मूलपानी क्रिकेट मैदानमा काठमाडौं मेयर्स-११ ले एपीएफको सामना गर्दैछ ।

प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले बुधबारनै फाइनल पक्का गरेको छ । लिग चरणका ४ खेलमध्य ३ खेलमा जित हासिल गर्दै पुलिस फाइनल पुग्ने पहिलो टोली बन्दा बाँकी एक टोलीको टुंगो आज लाग्दैछ ।

जसमा बाँकी ४ टिमको उत्तिकै सम्भावना रहदा एपीएफको अलिकती धेरै देखिन्छ । हाल ४ अंकसहित दोस्रो स्थानमा रहेको एपीएफले काठमाडौलाई हराएको खण्डमा एपीएफ स्वत फाइनल पुग्नेछ । पराजित भएको खण्डमा नेट रनरेटले टोलीको भबिस्य निर्धारण गर्नेछ ।

यता आर्मी,बागमती र काठमाडौंको हकमा एपीएफ काठमाडौंसँग पराजित भएको र आफ्नो खेल पनि राम्रोसँग जितेमा पुलिससँग भेट पक्का गर्न सम्भव रहनेछ ।

प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजेता टोलीले पाँच लाख प्राप्त गर्दा उप – विजेता टोलीले तीन लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५-२५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्