onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर-११ लाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं मेयर -११ लाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल पुग्न सफल भएको छ । प्रतियोगिताको फाइनल पुग्ने क्रममा बुधबार लिगको आफ्नो अन्तिम खेलमा काठमाडौं मेयर -११ लाई १ सय ३ रनले पराजित गरेसँगै नेपाल पुलिसलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

खेलमा पुलिसले प्रस्तुत गरेको १ सय ९८ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको मेयर -११ ले निकै खराब ब्याटिङ गर्ने क्रममा ३१.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ९४ रनमा सिमित हुन् पुगेपछि पुलिसलाई फाइनल पुग्न प्रयाप्त बन्यो ।

मेयर -११ का लागि सन्दीप लामिछानेले सर्वाधिक २६ तथा सिद्दान्त लोहनीले १८ रन र कृष्ण कार्कीले १९ रन बनाउनु बाहेक अन्य खेलाडीले उलेख्य योगदान गर्न नसक्दा टिमले फराकिलो हार व्यहोर्न बाध्य भयो ।

मेयर -११ को ब्याटिङ ध्वस्त पार्ने क्रममा पुलिसका पवन सरार्फले ४ तथा दीपेन्द्र सिंह एरीले ३ र ललित राजबम्शीले २ विकेट हात पारे । यस्तै सागर ढकालले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल पुलिस क्लब ४७.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

उसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ठूलो पारी खेले । ५५ बलको सामना गरेका उनले ४ चौकासहित ४० रनको योगदान गरे । यस्तै ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले क्रमश : २२ र ३४ रन बनाउँदा दीपेन्द्र सिंह एरीले २४ तथा पवन सरार्फले २८ रन बनाए ।

बलिङतर्फ मेयर -११ का कप्तान सन्दीप लामिछाने ,विपिन कार्की र हरी संखर शाहले ३-३ विकेट हात पार्दा अनिल खरेलले १ विकेट लिए ।
पुलिस फाइनल पुग्ने क्रममा उसले लिग चरणमा ४ खेलमध्य ३ खेलमा जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्