onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारतको सानदार जितमा स्मृति मंधानाको उत्कृष्ट ब्याटिङ

एजेन्सी । अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय सिरिज अन्तर्गत दोस्रो खेलमा घरेलु टोलीले सानदार जित हासिल गरेको छ । खेलमा सानदार जित हासिल गर्ने क्रममा भारतले मंगलबार दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्यो ।

खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ५८ रनको लक्ष्यलाई भारतले २८.४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । भारतको सानदार जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी स्मृति मंधानाले सानदार ब्याटिङ गर्ने क्रममा अविजित रहदै ८० रनको योगदान गरिन् । ६४ बलको सामना गरेकी उनले उक्त रन बनाउने क्रममा १० चौका र ३ छ्क्का समेत प्रहार गरिन् । यस्तै मंधानालाई साथ दिएकी पुनम राउतले अनि अविजित रहदै ६२ रन जोडिन् ।

त्यसअघि ४.१ ओभरमा टिमको स्कोर २२ रन हुँदा शाबनिम इस्मालीको बलमा आउट हुन् पुगेकी जेमिमा रोड्रिग्सले ९ रन बनाइन् ।

त्यसअघि लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयि इकाना अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले खराब ब्याटिङ गर्ने क्रममा ४१ ओभरमा अलआउट हुँदै मात्र १ सय ५७ रन बनाएको थियो ।

टिमका लागि लारा गूडलले सर्वाधिक ठूलो पारी खेलिन् । ७७ बलको सामना गरेकी उनले २ चौकाको मद्धतमा ४९ रन बनाइन् । यस्तै कप्तान सुने लुसले ३६ रन बनाउँदा विकेट किपर ब्याटर त्रिशा चेट्टीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा टिम सामान्य योगफलमा रोकियो ।

बलिङतर्फ भारतकी जुल्लान गोस्वामीले ४ तथा राजेश्वरी गायकवाडले ३ तथा मान्सी जोशीले २ र हरमनप्रीत कौरले १ विकेट लिइन् ।

यो सँगै सिरिज १-१ को बराबरी भएको छ ।सिरिज अन्तर्गत पहिलो खेल भारतले ८ विकेटले गुमाएको थियो ।अब यी दुईबीचको तेस्रो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्