onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर्स कपमा पुलिसको दोस्रो जित

काठमाडौं (अनलाइन खेल खबर ) । विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा दोस्रो जित निकाल्ने क्रममा पुलिसले मंगलबार अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३ विकेट ले पराजित गर्यो ।

खेलमा आर्मीले प्रस्तुत गरेको ८८ रनको झिनो लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको पुलिसलाई उक्त लक्ष्य पूरा गर्न पनि ठूलो मेहनत गर्ने क्रममा १८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्यलाई भेटायो ।

उसका लागि सुनिल धमलाले ३९ तथा दिपिप नाथले १५ तथा अवजित रहेका पवन सरार्फले २२ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि शाहब आलमले उत्कृष्ट बलिङ गरे ।९ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ४५ रन खर्चिएर ७ विकेट लिए । भने सुशन भारीले २ विकेट हात पारे ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको त्रिभुवन आर्मीले निकै खराब ब्याटिङ गर्ने क्रमममा ३०.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर मात्र ८७ रन बनाएको थियो ।

टिमले निकै झिनो योगफल खडा गर्ने क्रममा उसका लागि लोकेश बमले सर्वाधिक ठूलो पारी खेले । २४ बलको सामना गरेका उनले २ चौका र ३ छक्कासहित ३२ रनको योगदान गरे । यस्तै विक्रम शोवले १४ ततथा रोहित कुमार पौडेलले १३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।

आर्मीको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपाल पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिए भने पवन सरार्फले ३ तथा ललित राजबम्शीले २ विकेट लिए ।

यो जारी प्रतियोगितामा पुलिसको दोस्रो जित हो । पहिलो खेलमा बागमतीलाई २ रनले पराजित गरेको पुलिस दोस्रो खेलमा भने एपीएफसँग १ विकेटले पराजित हुन् पुगेको थियो । यता आर्मीको यो दोस्रो हार हो । पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको आर्मीले दोस्रो खेलमा मेयर-११ लाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्