onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

ललितपुर महानगरपालिकाबाट क्यानलाई २० लाख सहयोग

काठमाडौं (अनलाइन खेल खबर) । काठमाडौं मेयर्स कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता लगत्तै चैत्रमा काठमाडौंमा हुने ललितपुर मेयर्स महिला टि- ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले नगद २० लाख आर्थिक सहयोग गरेको छ ।

महानगरले मंगलबार पत्रकार सम्मलेन गर्दै नेपाल क्रिकेट संघ (क्यान ) लाई उक्त सहयोग प्रदान गरेको थियो साथै प्रतियोगिताको लागि क्यान र ललितपुर महानगरपालिकाबीच सम्झौता पत्रमा समेत हस्ताक्षर भएको थियो ।

जसमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द र महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद कोइरालाले सम्झौंता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता कार्यक्रममा ललितपुर महानगरपालिका नगर प्रमुख चिरीबाबु महर्जन र उप– प्रमुख गीता सत्याल सहभागिसहित क्यानका क्रिकेट ब्यबस्थापक विनोद दास,महाप्रबन्धक रौनक बहादुर मल्ल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा कुल पाँच टोलीको सहभागि रहनेछ । पुसमा दाङको लमहीमा भएको प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका प्रदेश १, एपीएफ , लुम्बिनी र सुदूरपश्चिमसँगै प्रधानमन्त्री कपका सेमिफाइनलबाट बाहिएका टोलीबाट राम्रो प्रदर्शन गरेका खेलाडी समावेश गरिनेछ ।

प्रधानमन्त्री महिला कपमा विभागीय टोली एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले इतिहासमा पहिलो पटक राष्ट्रिय च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्