onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नन्दन चम्किँदा बागमतीको बलियो योगफल

काठमाडौं (अनलाइन खेल खबर ) । तीब्र गतिका बलर नन्दन यादवले अर्धशतकीय पारी खेलेपछि बागमती प्रदेशले एपीएफलाई बलियो विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभर पूरै ६ विकेट गुमाएर २ सय ३३ रन बनायो।

टिमले उक्त रन बनाउने क्रममा ६.२ ओभरमा टिमको स्कोर १० रन हुँदा ओपनर ब्याट्सम्यान आकाश थापालाई पहिलो विकेटमा गुमाएको थियो । अभिनाश बोहराको बलमा विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट हुन् पुगेका उनले मात्र १ रन बनाए । आकाश आउट भएपछि टिमको पारीलाई कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले अगाडि बढाएका थिए ।

त्यस क्रममा यी दुईबीच दोस्रो विकेटका लागि ४९ रनको साझेदारी हुन् पुगेको थियो । १६.३ ओभरमा टिमको स्कोर ५९ रन हुँदा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएका खड्काले २९ रनको योगदान गरे । ३७ बलको सामना गरेका उनले २ चौका र १ छक्कासहित उक्त रन बनाए । पारस आउट भएपछि राम्रो ब्याटिङ गरिरहेका ज्ञानेन्द्र मल्ल व्यक्तिगत ५७ रनमा आउट हुन् पुगे । अर्धशतकीय पारी खेल्ने क्रममा ८४ बलको सामना गरेका उनले ७ चौकासहित उक्त रन बनाए ।

यी बाहेक टिमका लागि ईशान पाण्डेले ३१ तथा आदील खानले ३४ रन बनाउँदा नन्दन यादवले अर्धशतक पूरा गरे । टिमको पारी उकास्न महत्वपूर्ण भूमिका निर्वाह गरेका उनले अविजित रहदै ५६ बलमा ७ चौका र २ छ्क्कासहित ६० रन बनाए ।

बलिङतर्फ एपीएफका लागि किशोर महतो , अमर सिंह रौटेलाले २-२ विकेट लिए । भने अभिनाश बोहरा र वसन्त रेग्मीले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्