onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान केन विलियमसनले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज गुमाउने

एजेन्सी । आगामि बंगलादेशविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा घरेलु टोली न्युजिल्यान्डका कप्तान केन विलियमसन नखेल्ने भएका छन् ।

बायाँ कुहिनोमा चोट बोकेको हुँदा उनले सिरिज गुमाउने भएका हुन् । चोटकै क्रममा उनले अष्ट्रेलियाविरुद्धको सिरिज भने खेलेका थिए ।जसमा न्युजिल्यान्डले ३-२ ले जितेको थियो ।तर अब उनले बंगलादेशविरुद्धको सिरिजमा भने थप आरामको महसुश गरेपछि अब उनले केही हप्ता आराम गर्नेछन् । तर टि- ट्वान्टी सिरिजमा भने उनि टोलीमा फर्किन सक्ने बताईएको छ ।

न्युजिल्यान्डले बंगलादेशविरुद्ध सिरिजको पहिलो खेल मार्च २० तारिखमा खेल्नेछ । भने यी दुईबीच दोस्रो खेल मार्च २३ तथा तेस्रो खेल मार्च २६ मा हुनेछ।

एकदिवसीयपछि यी दुईबीच तीन खेलकै टि- ट्वान्टी सिरिज पनि हुनेछ । सिरिजको पहिलो खेल मार्च २८ तारिखमा , दोस्रो खेल मार्च ३० र तेस्रो खेल अप्रिल १ तारिखमा हुनेछ ।

बंगलादेशविरुद्धको सिरिजपछि न्युजिल्यान्डले इंग्ल्यान्ड भ्रमण गर्नेछ । जहाँ न्युजिल्यान्डले भारतसँग आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नु अघि घरेलु टोली इंग्ल्यान्डसँग २ खेलको टेष्ट सिरिज खेल्नेछ । च्याम्पियनसिपको फाइनल जून १८ देखि २२ तारिखसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्