onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कमजोर बागमतीलाई हराउँदै फाइनलको धेरै नजिक पुग्ने दाउमा एपीएफ

काठमाडौं(अनलाइन खेल खबर) । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज मंगलबार दुई खेल हुँदैछन् ।

जसअनुसार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विभागीय टोली एपीएफले बागमती प्रदेशको सामना गर्नेछ । यदी यो खेल एपीएफले जितेमा एपीएफ फाइनलको धेरै नजिक पुग्नेछ ।

हालसम्म दुई खेलमा जित हासिल गरेको एपीएफ ४ अंकका साथ अहिले अंकतालिकाको शीर्ष स्थानमा रहेको छ । प्रतियोगिताको प्राबधान अनुसार अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि फागुन २९ गते प्रतिष्पर्दा गर्नेछन् ।

प्रतियोगितामा एपीएफले आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले पराजित गर्दा दोस्रो खेलमा पुलिसमाथि पनि १ विकेटको जित हासिल गरेको थियो ।

एपीएफको सामना गर्न लागेको बागमती भने पहिलो जितको खोजिमा रहनेछ । यसअघिका दुई खेलमा बागमती पराजित हुन् पुगेको थियो । बागमती पहिलो खेलमा पुलिससँग २ रनले र दोस्रो खेलमा काठमाडौं मेयर -११ सँग ९४ रनले पराजित भएको थियो ।

यस्तै मूलपानी क्रिकेट मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ। यो खेल दुबैका लागि उत्तिकै महत्वपूर्ण रहेको छ । प्रतियोगितामा समान २ खेल खेलेका आर्मी र पुलिस दोस्रो जितको खोजीमा रहेका छन् ।

प्रतियोगितामा आर्मी पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित भएको थियो । भने दोस्रो खेलमा आर्मीले मेयर-११ लाई ५ विकेटले पराजित गरेको थियो । यस्तै पहिलो खेलमा बागमतीलाई २ रनले पराजित गरेको पुलिस दोस्रो खेलमा भने एपीएफसँग १ विकेटले पराजित हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्