onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आर्मीको सानदार जितमा सोमपालको उत्कृष्ट ब्याटिङ

काठमाडौं (अनलाइन खेल खबर ) । अलराउन्डर सोमपाल कामीले सानदार ब्याटिङ गरेपछि विभागीय टोली त्रिभुवन आर्मीले काठमाडौं मेयर कपमा पहिलो जित आत्मसाथ गरेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा आर्मीले सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं मेयर -११ लाई ५ विकेटले पराजित गर्यो ।

खेलमा मेयर -११ ले प्रस्तुत गरेको १ सय ५६ रनको विजयी चुनौतीलाई आर्मीले २३.५ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको सानदार जितमा सोमपालले उत्कृष्ट ब्याटिङ गरे । इनिङ्सकै सर्वाधिक धेरै रन बनाएका उनले ५१ बलको सामना गर्दै ९ चौका र ६ छ्क्कासहित ८० रनको योगदान गरे ।

यस्तै टोलीका लागि कुशल मल्लले २३ रन , कप्तान विनोद भण्डारीले २० रन र भिम सार्कीले १६ रन बनाए ।

बलिङतर्फ मेयर -११ का कप्तान सन्दीप लामिछाने र विपिन कार्कीले २-२ विकेट लिए भने अनिल खरेलले १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मेयर – एघारले ४२.१ ओभरमा अलआउट हुँदै १ सय ५५ रन बनाएको थियो ।

उसका लागि ओपनरद्वय खडक बोहरा र हरि सङ्खर शाले क्रमशः १९ र १८ रन बनाउँदा सौरभ खनालले सर्वाधिक ४२ रन र सन्दीप रजाईलीले ३७ रनको योगदान गरेका थिए ।

बलिङमा आर्मीका शाहब आलमले ४ तथा जितेन्द्र मुखियाले ३ र सोमपाल कामी,विक्रम शोब र कुशल मल्लले १-१ विकेट लिएका थिए।

यसअघि आर्मी आफ्नो पहिलो खेलमा एपीएफसँग १ विकेटले पराजित हुँदा मेयर -११ ले आफ्नो पहिलो खेलमा बागमतीलाई ९४ रनले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्