onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

महेन्द्र सिंह धोनिको कम्पनी ईपीएलमा जोडियो

काठमाडौं(अनलाइन खेल खबर ) । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनिको कम्पनी सेभेन एभरेष्ट प्रिमियर लिग (ईपीएल )सँग जोडिएको छ ।

आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ९ तारिखसम्म हुने ईपीएलसँग सेभेन प्रतियोगिताको मुख्य सह- प्रायोजकको रुपमा जोडिएको हो ।

काठमाडौंमा सोमबार एक कार्यक्रम गरि ईपीएल र कम्पनीबीच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको थियो । जसमा एभरेष्ट प्रिमियर लिगका प्रबन्ध निर्देशक आमिर अख्तर र सेभेनका बजार प्रबन्धक प्रमुख अरुण पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झाैता अनुरुप सेभेन कम्पनीले प्रतियाेगितामा चाहिने किट्स र खेल पोसाकहरू उपलब्ध गराउने छ । तीन बर्षका लागि भएकाे सम्झाैताकाे रकम बारेमा भने गाेप्य राखिएकाे छ।

अब प्रतियोगितामा सहभागी हुने ६ फेन्चाइज टोलीलाई कम्पनीले उत्पादन गर्ने सामाग्री उपलब्ध गराउने छ । रिथी समुह अन्तर्गत रहेको सेभेन कम्पनी पहिलो पटक नेपाली क्रिकेटमा भित्रिएको हो । सन् २०१६ मा स्थापना भएको कम्पनीले एसियायी मुलुकसँगै अमेरिका ,क्यानडा लगायत कयौं युरोपेली मुलुकमा पनि आफ्नो उपस्थिति देखाई सकेको छ । यस्तै इन्डियन प्रिमियर लिग (आईपीएल) मा समेत कम्पनी जोडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्