onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

भारत दक्षिण अफ्रिकासँग पराजित

एजेन्सी । घरेलु टोली भारत दक्षिण अफ्रिकाविरुद्धको पाँच खेलको एकदिवसीय महिला सिरिजको पहिलो खेलमा पराजित हुन् पुगेको छ ।

सिरिजको पहिलो खेलमा पराजित हुने क्रममा आईतबार भारत पाहुना टोली दक्षिण अफ्रिकासँग ८ विकेटले पराजित हुन् पुग्यो । खेलमा भारतले प्रस्तुत गरेको १ सय ७८ रनको विजयी चुनौतीलाई दक्षिण अफ्रिकाले ४०.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको सहज जितमा ओपनर ब्याटरद्वय लिजेल ली र लॉरा वोल्वार्ड्टले क्रमशः ८३ तथा ८० रनको योगदान गरे । बलिङततर्फ भारतकी झुलन गोस्वामीले २ विकेट लिन सफल भइन् ।

त्यसअघि लखनउस्थित भारत रत्न श्री अटल बिहारी वाजपेयि इकाना अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

टिमले सम्मानजनक योगफल खडा गर्ने क्रममा भारतका लागि कप्तान मिताली राजले अर्धशतक बनाईन । ८५ बलको सामना गरेकी उनले ४ चौका र १ छ्क्कासहित ५० रनको योगदान गरिन् । यस्तै हरमनप्रीत कौरले ४० रन,दिप्ती शर्माले २७ रन र स्मृति मंधानाले १० रन जोडिन् ।

बलिङतर्फ दक्षिण अफ्रिकाकी शबनीम इस्माइलले ३ तथा नॉनकुलुलेको म्लाबाले २ विकेट हात पार्दा मरिजने कप्प,अयाबोंगा खाका र सुनेले १-१ विकेट लिइन् ।

अब सिरिज अन्तर्गत दोस्रो खेल मंगलबार हुनेछ ।यस सिरिजपछि यी दुईबीच तीन खेलको टि – ट्वान्टी सिरिज पनि हुने खेल तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्