onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

बागमतीमाथि काठमाडौं मेयर -११ को सानदार जित

काठामाडौं ( अनलाइन खेल खबर ) । काठमाडौंमा जारी पहिलो संस्करणको काठमाडौं मेयर कपको आफ्नो पहिलो खेलमा काठमाडौं मेयर -११ ले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा मेयर -११ ले आईतबार बागमती प्रदेशलाई ९४ रनले पराजित गर्यो । खेलमा मेयर -११ ले प्रस्तुत गरेको २ सय ४५ रनको विजयी लक्ष्यलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको बागमती ३४.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ५० रनमा सिमित हुन् पुग्दा मेयर -११ लाई सानदार जित हासिल गर्न प्रयाप्त बन्यो ।

उसका लागि पृथु बास्कोटाले सर्वाधिक ठूलो पारी खेले । ७९ बलको सामना गरेका उनले ८ चौकासहित ६० रनको योगदान गरे । यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र ईशान पाण्डेले १७-१७ रन बनाउँदा आदिल खानले १५ रन र पारस खड्काले १० रन बनाए ।

बलिङतर्फ मेयर -११ का लागि सन्दीप लामिछानेले ३ तथा विपिन खत्री र अनिल खरेलले २-२ विकेट लिए । कृष्ण कार्की र सिद्धान्त लोहनीले १-१ विकेट लिए ।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं मेयर -११ ले निर्धारित ५० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २ सय ४४ रन बनाएको थियो ।

टिमले बलियो योगफल तयार पार्ने क्रममा उसका लागि सौरभ खनालले सर्वाधिक ठूलो पारी खेले । अविजित रहेका उनले ५८ बलमा ६ चौका र १ छक्कासहित ४९ रन बनाएका थिए । यस्तै कप्तान सन्दीप लामिछानेले आक्रामक पारी खेल्ने क्रममा २० बलमा ६ छक्कासहित ४२ रन बनाए ।

यी दुई बाहेक टिमका लागि सिद्धान्त लोहनीले ३४ तथा विपिन कार्कीले ३२ रन र सन्दीप रजाईलीले ३३ रन बनाए ।

बलिङतर्फ बागमती प्रदेशका लागि नन्दन यादवले ४ तथा अरियो पौडेल र राम नरेश गिरीले २-२ विकेट लिए भने दिपेश श्रेष्ठले १ विकेट लिए । यसअघि बागमती पहिलो खेलमा पुलिससँग २ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्