onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएल अप्रिलबाट : यसपटक ६ सहरमा मात्र प्रतियोगिता हुने

एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) अप्रिल ९ तारिखदेखि भारतको ६ वटा सहरमा हुने भएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बिसिसीआई )का अनुसार प्रतियोगिता अहमदाबाद ,बेंगलोर ,चेन्नई ,दिल्ली,मुम्बई र कोलकतामा हुने भएको छ । जस अन्तर्गत प्रतियोगिताको पहिलो खेलमा साविकको विजेता मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ ।

मे ३० तारिखसम्म हुने प्रतियोगिताका प्ले अफ र फाइनल खेल अहमदाबादस्थित विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशाला नरेन्द्र मोदी रंगशालामामा हुनेछ ।

कुल ८ फेन्चाइज टोलीको सहभागिता रहने यस प्रतियोगितामा ५२ दिनमा कुल ६० खेल हुनेछ । जस अन्तर्गत लिग चरणका ५६ खेल चेन्नई,मुम्बई,कोलकता र बेंगलोरमा १०-१० वटा र दिल्ली र अहमदाबादमा ८-८ खेल हुनेछन् ।

कोभिड-१९ का कारण टिमले घरेलु मैदानमा खेल्ने छैनन् । सबै खेल न्युट्रल स्थानमा हुनेछ । खेल भने नेपाली समय अनुसार दिउँसो पौने ४ बजे र राति पौने ८ बजेपछि सुरु हुनेछ । अघिल्लो संस्करण कोभिडका कारण युएईमा भएको थियो । जस अन्तर्गत फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बईले उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्