सन्दीपको ६ छ्क्का !
काठमाडौं(अनलाइन खेल खबर ) । काठमाडौं मेयर -११ का कप्तान सन्दीप लामिछानेले काठमाडौंमा जारी काठमाडौं मेयर कपको आफ्नो पहिलो खेलमा बागमती प्रदेशविरुद्ध आक्रमक इनिङ्स खेलेका छन् ।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले सम्मानजनक स्कोरतर्फ अग्रसर भईरहदा कप्तान सन्दीपले कप्तानि पारी खेले ।
त्यस क्रममा सन्दीपले आक्रमक ब्याटिङ गर्ने क्रममा मात्र २० बलमा ६ छ्क्कासहित ४२ रनको योगदान गरे । ३९.३ ओभरमा टिमको स्कोर १ सय ७६ रन हुँदा उनि आठौं विकेटको रुपमा नन्दन यादवको बलमा पभेलियन फर्किएका थिए ।
यस्तै टोलीका लागि सन्दीप रजाईलिले ३३ तथा सिद्धान्त लोहनीले ३४ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्