onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ग्लोबल आईकन सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) मा छनोट

भदौ २५ , अनलाईन खेलखवर || नेपाल का युवा खेलाडी ग्लोबल आईकन सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) का लागि ड्राफ्ट मार्फत छनोट भएका छ्न ।

आज युएई को दुबई मा भएको ड्राफ्ट कार्यक्रम मा सन्दिप लाई नङराहार टोलीले छनोट गरेको हो । आईसीसी एसोसियट श्रेणि मा रहेका उनले १५ हजार डलर पाउने छ्न ।

भने नेपाल का कप्तान पारस खडका र तीब्र गति का बलर सोमपाल लाई भने कसैले लिएनन । ड्राफ्टमा बिश्वभरबाट सहभागी ३५० भन्दा बढी खेलाडी हरुलाई बिभिन्न ६ वटा श्रेणीमा बिभाजन गरिएको थियो ।

यसअघि ईन्डियन प्रिमियर लिग( आईपिएल ) , क्यारेबियन प्रिमियर लिग (सिपिएल ) र ग्लोबल टि -२० मा सन्दिप ले आफ्नो कला देखाईसकेका छ्न ।

सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटीङ, शाफिकुल्लाह शफक, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन उल हक, जाहिर खान जस्ता खेलाडी रहेका छ्न ।

यहि आउदो अक्टोबर ५ देखि प्रतियोगिता सुरु हुनेछ प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज काबुल, बाल्ख, पाक्किया, नान्गहर र कान्दहर टिमको सहभागिता रहेको छ ।

अफगानिस्तान को बढ्दो क्रीकेट लोकप्रियता र खेलाडी को राम्रो प्रंदशन ले अहिले अफगानिस्तान क्रीकेट ले संसार को ध्यान आफू मा खिचिरहेको अबस्था छ । भखरै अफगानिस्तान टेस्ट रास्ट को मान्यता समेत पाएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *