onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

झन्डै तीन वर्षपछि घरेलु प्रतियोगितामा फर्किदै सन्दीप

काठमाडौं (अनलाइन खेल खबर ) । युवा स्पिनर सन्दीप लामिछानेले नेतृत्व गरेको काठमाडौं मेयर -११ ले काठमाडौंमा जारी काठमाडौं मेयर कपको आफ्नो पहिलो खेलमा बागमती प्रदेशको सामना गर्नेछ ।

खेल बिहान ९ बजेपछि मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । काठमाडौ मेयर-११ मा माघ महिनामा भएको प्रधानमन्त्री कपमा सेमिफाइनलबाट बाहिरिका टोलीबाट राम्रो प्रदर्शन गरेका खेलाडीहरु समावेश रहेका छन् ।

जसमा युवा खेलाडीहरुको वर्चस्वनै रहेको छ । यता ब्यक्तिगत रुपमा सन्दीपको यो लामो अन्तरालपछिको घरेलु प्रतियोगिता हो । अन्तर्राष्ट्रिय फेन्चाइजमा ब्यस्त हुँदा उनले घरेलु प्रतियोगिता गुमाउँदै आएका थिए । तर यसपटक पाकिस्तान सुपर लिग कोभिड-१९ का कारण स्थगित हुन् पुगेपछि यो सम्भव भएको हो ।

पछिल्लो पटक उनले २०१८ मा सम्पन्न एभरेष्ट प्रिमियर लिग (ईपिएल) खेलेका थिए । अघिल्लो संस्करणको प्रधानमन्त्री कपमा स्वदेशमै रहेका उनि आखाको सल्यक्रियाको कारण आराममा रहेका थिए । यसरी सन्दीप करिब ३ वर्षपछि स्वदेशमा खेल्दै छन् ।

प्रतियोगितामा आज सन्दीपको टिमको सामना गर्न लागेको बागमतीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमती नेपाल पुलिससँग मात्र २ रनले पराजित हुन् पुगेको थियो । मूलपानीमा भएको खेलमा पुलिसले दिएको ७३ रनको विजयी लक्ष्यलाई पछ्याएको बागमती ७० रनमै सिमित हुन् पुग्दा जितको नजिक पुगेर हार ब्यहोर्नु परेको थियो ।

बागमतीलाई फाइनल पुग्नका लागि काठमाडौं मेयर -११ लाई आज पराजित गर्नै पर्छ । यता युवा जोशले भरिपूर्ण मेयर -११ पनि प्रतियोगितामा सुखद नतिजा निकाल्दै प्रतियोगितामा सुरुवात गर्ने सोचका साथ मैदान उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्