onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयुश बस्नेतको सानदार ब्याटिङमा ग्रेट हिमालयको विजयी सुरुवात

काठमाडौं (अनलाइन खेल खबर )।नेपाल-पाकिस्तान मैत्रीपूर्ण टि- ट्वान्टी क्रिकेट प्रतियोगितामा ग्रेट हिमालय क्रिकेट एकेडेमीले विजयी सुरुवात गरेको छ ।

प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा ग्रेट हिमालयले शनिबार पुल्चोक इन्जिनियर क्याम्पसलाई ६ विकेटले पराजित गर्यो ।

खेलमा पुल्चोकले प्रस्तुत गरेको १ सय ७१ रनको विजयी लक्ष्यलाई ग्रेट हिमालयले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गरेको थियो ।

ग्रेट हिमालयको जितमा आयुस बस्नेतले सर्वाधिक ठूलो पारी खेले । टिमलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको प्लेयर अफ द म्याच समेत घोषित भएका आयुशले ६३ रनको योगदान गरे । यस्तै टिमका लागि संगीतले ४४ रन र सुसान्तले २२ रन थपे । बलिङतर्फ पुल्चोकका सागरले २ विकेट लिए ।

त्यसअघि धुम्बाराहीस्थित पाकिस्तान दूतावासको मैदानमा भएको खेलमा पहिले ब्याटिङ गर्दै पुल्चोकले १ सय ७० रन बनाएको थियो । उसका चिरन्जीवीले सर्वाधिक ५० रन जोड्दा विशालले ४५ रनको योगदान गरेका थिए।

बलिङतर्फ ग्रेट हिमालयका बिज्ञान राई, मोहमद हुसेन, सुसान्त, सन्दीप र नभिनले २-२ विकेट लिए ।

यस्तै शनिबारनै भएको अर्को खेलमा बालुवाटारले बलपार्क एकेडेमीलाई ९ विकेटले पराजित गरेको थियो । पाकिस्तान दूतावासले आयोजनामा भईरहेको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ  ।

प्रतिक्रिया दिनुहोस्