onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीचको चार खेलको टेष्ट सिरिज अन्तर्गत चौथों तथा अन्तिम खेलमा पाहुना टोली इंग्ल्यान्डलाई २५ रनको इनिङ्स अन्तरले पराजित गर्दै भारतले आईसीसी टेष्ट च्याम्पियनसिपको टिकट पक्का गरेको छ ।

जून १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुने टेष्ट च्याम्पियनसिपको फाइनल खेल्नका लागि यो सिरिजले निर्धारण गर्ने थियो । जसमा घरेलु टोली भारत सफल भयो । अन्तिम खेलमा भारतलाई जित या बराबरी खाचो रहेको थियो । यदी यो खेल गुमाएको भारत बाहिरिदा अष्ट्रेलिया फाइनल पुग्ने थियो । अब भारतले उपाधिका लागि न्युजिल्यान्डको सामना गर्नेछ ।

यता खेलमा पहिलो इनिङ्समा १ सय ६० रनले पछि परेको इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ३५ रनमा सिमित हुन् पुगेपछि भारतलाई समग्रमा सिरिज ३-१ ले जित्दै फाइनल पुग्न प्रयाप्त बन्यो ।

दोस्रो इनिङ्समा इंग्ल्यान्डका लागि डेनियल लरेन्सले अर्धशतकीय पारी खेले । ९५ बलको सामना गरेका उनले ६ चौकासहित ५० रनको योगदान गरे । यस्तै कप्तान जो रुटले ३० रन बनाउँंदा ओली पोपले १५ रन जोडे ।

बलिङततर्फ भारतका अक्षर पटेल र रविचन्दन आश्विनले ५-५ विकेट हात पारे ।

यसअघि पहिलो इनिङ्समा इंग्ल्यान्डले २ सय ५ रन बनाउदा भारतले आफ्नो पहिलो इनिङ्समा ११४.४ ओभरमा आफ्नो सबै विकेट गुमाएर ३ सय ६५ रन बनाएको थियो ।

टिमले राम्रो योगफल खडा गर्ने क्रममा विकेट किपर ब्याट्सम्यान ऋषभ पन्तले शतक पूरा गरेका थिए । आफ्नो करियरकै तेस्रो शतक प्रहार गर्ने क्रममा उनले १ सय १८ बलमा १३ चौका र २ छ्क्काको मद्धतमा १ सय १ रन बनाएका थिए ।

यस्तै टोलीका लागि अविजित रहेका वासिङटन सुन्दरले ९६ रनको योगदान गर्दा रोहित शर्माले ४९ र अक्षर पटेलले ४३ रन बनाए ।

बलिङतर्फ इंग्ल्यान्डका बेन स्टोक्सले ४ तथा जेम्स एंडरसनले ३ र ज्याक लिचले २ विकेट लिए ।

टेष्ट सिरिज पछि यि दुईबीच पाँच खेलको टि-२० र ३ खेलको एकदिवसीय सिरिज हुनेछ । टि-२० सिरिज अन्तर्गत पहिलो खेल मार्च १२ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्