बागमतीमाथि पुलिसको रोमान्चक जित
काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं मेयर कपमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । शनिबार भएको रोमान्चक खेलमा बागमति प्रदेशलाई २ रनले पराजित गर्दै पुलिसले प्रतियोगितामा विजयि सुरुवात गरेको हो ।
खेलमा पुलिसले प्रस्तुत गरेको ७३ रनको सामान्य लक्ष्यलाई पछ्याएको बागमती २७.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ७० रनमा सिमित हुन् पुगेपछि पुलिसलाई रोमान्चक जित हासिल गर्न प्रयाप्त बन्यो ।
सामान्य लक्ष्यलाई पछ्याएको भएपनि बागमतीका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २२ तथा आदिल खानले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।
बलिङमा पुलिसका लागि दीपेन्द्र सिंह एरीले एक्लैले ४ विकेट हात पारे । भने ललित राजबम्शिले ३ तथा सागर ढकालले २ र राशिद खानले १ विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५.२ ओभरमा आफ्नो सबै विकेट गुमाएर ७२ रनमै सिमित हुन् पुग्यो ।
पुलिसका लागि कप्तान मन्जित श्रेष्ठले सर्वाधिक १५ रन बनाउँदा ओपनर ब्याट्सम्यान सुनिल धमला , अनिल शाह र दिलिप नाथले समान १०-१० विकेट लिँदा बाँकि खेलाडीले दोहोरो अंक समेत जोड्न सकेनन् ।
पुलिसको ब्याटिङ ध्वस्त पार्ने क्रममा स्पिनर अरियो पौडेलले सानदार बलिङ गरे । मात्र ४ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ७ रन खर्चिएर ४ विकेट हात पारे ।