onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर कप आजबाट

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौं महानगर पालिकाको ५० लाख आर्थिक सहयोगमा आजबाट काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ ।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुँदैछन् । जस अन्तर्गत कीर्तिपुर त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई विभागीय टोली त्रिभुवन आर्मीले एपीएफको सामना गर्दा मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिसले बागमतीको सामना गर्नेछ । खेल बिहान ९ बजेपछि सुरु हुनेछ ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा पाँच टोलीले सहभागिता जनाउँदै छन् । जसमा प्रधानमन्त्री कपका सेमिफाइनल पुगेका टोलीहरु आर्मी,पुलिस,एपीएफ, बागमती प्रदेशसँगै महानगरको आफ्नो टोली काठमाडौं मेयर -११ रहेका छन् । काठमाडौं मेयर-११ टोलीमा प्रधानमन्त्री कपमा सेमिफाइनलबाट बाहिरिएका टिमबाट राम्रो प्रदर्शन गरेका खेलाडीहरु रहेका छन् । जसको कप्तानी सन्दीप लामिछानेले गर्दैछन् । सिंगल राउन्ड रोबिनको आधारमा सन्चालन हुने प्रतियोगितामा लिग चरणको अंकतालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिष्पर्दा गर्नेछन् ।

प्रतियोगिताको विजेता टोलीले नगद पाँच लाख प्राप्त गर्दा उप – विजेता टोलीले तीन लाख प्राप्त गर्नेछ । यस्तै विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्रदान गरिने छ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५-२५ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्