onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं टोलीको कप्तानी सन्दीप लामिछानेले गर्ने

काठमाडौं (अनलाइन खेल खबर)। भोलि शनिबार देखि काठमाडौंमा हुन् गईरहेको काठमाडौं मेयर कपमा युवा स्पिनर सन्दीप लामिछानेले कप्तानी गर्ने भएका छन् ।

पाकिस्तान सुपर लिग कोभिड-१९ का कारण स्थगित हुन् पुगेपछि उनि स्वदेश फर्किदै छन् । यस्तोमा शनिबारबाट पहिलो पटक हुन् गईरहेको काठमाडौं मेयर कपमा उनले महानगरको टोली काठमाडौं मेयर -११ को कप्तानी गर्ने भएका हुन् ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् गईरहेको मेयर कपमा कुल पाँच टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेता टोलीले पाँच लाख प्राप्त गर्दा उप – विजेता टोलीले ३ लाख प्राप्त गर्नेछन् । यस्तै विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार प्राप्त गर्दा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५-२५ हजार प्राप्त गर्नेछन् ।

काठमाडौं मेयर-११ ले फागुन २३ गते बागमती प्रदेश विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ ।यस्तै फागुन २४ गते मेयर -११ ले आर्मीको सामना गर्नेछ । यो खेल टियु मैदानमा हुनेछ ।

यस्तै फागुन २६ मा टियुमा पुलिसको सामना गर्दा फागुन २७ गते मूलपानीमा एपीएफको सामना गर्नेछ ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको लिग चरणमाबाट शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल फागुन २९ गते टियु मैदानमा हुनेछ ।

काठमाडौं मेयर -११ टिम : सन्दीप लामिछाने (कप्तान), सिद्धान्त लोहनी,विवेक यादव,हरि शंकर शाह,अर्जुन कुमाल, विपिन खत्री, कृष्ण कार्की,सन्दीप रजाली,सौरभ खनाल, बिक्रम भुषाल,अनिल खरेल,रविन्द्रजंग शाही,विपिन रावल, अनुज चनारा,खडक बहादुर बोहरा र नारायण जोशी ।

प्रतिक्रिया दिनुहोस्