कप्तान पारस सहित सोमपाल र सन्दिप अफगानिस्तान प्रिमियर लिग को ड्राफ्ट मा रहेको खुलसा

कप्तान पारस सहित सोमपाल र सन्दिप अफगानिस्तान प्रिमियर लिग को ड्राफ्ट मा रहेको खुलसा

भदौ २४ , अनलाईन खेलखबर || नेपाली र्राष्ट्रिय क्रीकेट टोलि का कप्तान पारस खडका ,तीव्र गति का बलर सोमपाल कामी र ग्लोबल आईकन लेग स्पिनर सन्दिप लामिछाने अफगानिस्तान प्रिमियर लिग ( एपिएल ) को अक्सन को ड्राफ्ट  मा परेको भनिएको छ ।

आयोजक ले सोमबार युएई स्थित दुबईमा खेलाडीको सुची सार्वजनिक गर्दैछ , जसको सोमबार नै आधिकारिक पुष्ठि हुनेछ ,तर नेपाली खेलाडी समाबेश भएको स्रोत लाई उद्दृद गर्दै नेपाल का केहि अनलाईन मिडिया हरुले दाबा समेत गरेका छ्न । दाबा मा सम्भावना प्रगाढ देखिएको पनि छ ।

कुनै पनि टेस्ट राष्ट्र को आयोजना मा हुन लागेको लिग प्रतियोगिता मा पारस र सोमपाल को ड्राफ्ट मा पहिलो पटक नाम समाबेश भईरहदा ग्लोबल आईकन सन्दिप लामीछाने यसअघि पाकिस्तान प्रिमियर लिग ( पिपिएल ) बङ्लादेश प्रिमियर लिग ( बिपिएल ) , ईन्डियन प्रिमियर लिग ( आईपिएल ) र बेस्ट ईन्डिज को क्यारेबियन प्रिमियर लिग मा समेत उनको नाम रहेको थियो । पिपिएल र बिपिएल बाहेक आईपिएल र सिपिएल मा भने सन्दिप अनुबन्धित भएका थिए ।

युएई मा हुने प्रतियोगिता का लागि एसोसियट का धेरै खेलाडी लाई ड्राफ्टमा समाबेश गरिएको बताईएको छ । जसमा नेपाल का पारस , सोमपाल र सन्दिप सहित युएई बाट रोहन मुस्तफा, चिराग सुरीपनि रहेका छन । यस्तै हङकङ , ओमान, क्यानडा का खेलाडी पनि ड्राफ्टमा समावेश गरिएको छ । भनिन्छ पहिलो पटक हुन लागेको यस प्रतियोगिता का लागि करिब ४० भन्दा बढी देशका खेलाडी हरु ले खेल्ने ईक्छा जाहेरी गरेका छ्न ।

प्रतियोगिता का लागि खेलाडी छनोट सबै खेलाडीलाई विभिन्न ६ समुह मा राखिएको छ । जसमा आइकन, डाइमन्ड, गोल्ड, सिल्भर, आइसीसी एसोसियट र इमर्जिङ भनेर राखिएको छ , समूह अनुसार नै खेलाडी लाई छानिने छ ।

यहि आउदो अक्टोबर ५ देखि प्रतियोगिता सुरु हुनेछ प्रतियोगितामा विभिन्न ५ फ्रेन्चाइज काबुल, बाल्ख, पाक्किया, नान्गहर र कान्दहर टिमको सहभागिता रहेको छ ।


अफगानिस्तान को बढ्दो क्रीकेट लोकप्रियता र खेलाडी को राम्रो प्रंदशन ले अहिले अफगानिस्तान क्रीकेट ले संसार को ध्यान आफू मा खिचिरहेको अबस्था छ । भखरै अफगानिस्तान ले टेस्ट रास्ट को मान्यता समेत पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *