onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर कपको विजेताले पाँच लाख पाउँने

काठमाडौं (अनलाइन खेल खबर)।काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा पहिलो पटक काठमाडौंमा हुन् लागेको काठमाडौं मेयर कपको विजेता टोलीले पाँच लाख पाउने भएको छ ।

शुक्रबार महानगरले आफ्नै कार्यलयमा एक कार्यक्रम गरि प्रतियोगिताको पुरस्कार राशीको जानकारी गराएको थियो ।

जसमा काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ (क्यान ) का पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

यस्तै प्रतियोगिताको उप-विजेता टोलीले तीन लाख प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार र उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही २५-२५ हजार प्राप्त गर्नेछन् ।

शनिबार देखि फागुन २९ गतेसम्म काठमाडौंस्थित टियु र मूलपानी क्रिकेट मैदानमा हुने यस एकदिवसीय प्रतियोगितामा कुल ५ टिमले सहभागी जनाउँदै छन् । जसमा प्रधानमन्त्री कपमा सेमिफाइनल तय गरेका आर्मी,एपीएफ, बागमती प्रदेश र नेपाल पुलिससँगै महानगरको टोली काठमाडौं मेयर -११ रहेका छन् ।

प्रतियोगिता अन्तर्गत पहिलो दिन दुई खेल हुनेछन् । कीर्तिपुरस्थित टियु मैदानमा आर्मीले एपीएफको सामना गर्दा मूलपानीमा बागमती प्रदेशले नेपाल पुलिसको सामना गर्नेछ ।

सहभागी कुल पाँच टिमले लिग चरणमा ४ खेल खेल्ने छन् । सिंगल राउन्ड रोबिन पछि अंकतालिकामा शीर्ष दुई टिमले उपाधिका लागि २९ गते प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल टियु मैदानमा हुनेछ । समग्रमा प्रतियोगितामा ११ खेल हुनेछ । फाइनल अघि २८ गते आराम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्