onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सचिन लगायत दिग्गज खेलाडीहरु खेल्ने प्रतियोगिता आजबाट सुरु हुँदै

एजेन्सी । सचिन तेन्दुलकर लगायत विश्व क्रिकेटका दिग्गज खेलाडीहरु खेल्ने क्रिकेट प्रतियोगिता रोड सेफ्टी वर्ल्ड टि- ट्वान्टी क्रिकेट प्रतियोगिता आज शुक्रबारबाट पुनः सुरु हुँदैछ ।

अघिल्लो वर्ष कोभिड-१९ का कारण ४ खेलपछि प्रतियोगिता स्थगित हुन् पुगेको थियो । र त्यसको लामो अन्तरालपछि प्रतियोगिता फर्किएको छ ।

जस अन्तर्गत आज शुक्रबार रायपुरस्थित सहिद भिर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा भारतीय लेजेन्ड्स र बंगलादेश लेजेन्ड्सबीच प्रतिष्पर्दा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजेपछि सुरु हुनेछ । भारतीय टोलीको नेतृत्व सचिन तेन्दुलकरले गर्नेछन् भने मोहम्मद रफीकले बंगलादेशको गर्नेछन् ।

प्रतियोगितामा भारत र बंगलादेशसँगै दक्षिण अफ्रिका लेजेन्ड्स, वेस्ट इन्डिज लेजेन्ड्स,श्रीलंका लेजेन्ड्स र इंग्ल्यान्ड लेजेन्ड्सको सहभागि रहने छन् । अष्ट्रेलिया लेजेन्ड्स भने यस पटक अनुपस्थित रहनेछ ।

खेल तालिका अनुसार सेमिफाइनल खेलहरु मार्च १७ र १९ तारिखमा हुनेछ भने फाइनल खेल २१ तारिखमा हुनेछ । सामाजिक उत्तरदाहित्वको लागि हुने यस प्रतियोगितामा विश्व क्रिकेटका महान हस्तिहरु सचिन तेन्दुलकरसँगै कयौं विश्व चर्चित हस्तिहरु सहभागि हुँदैछन् ।जसमा विरेन्द्र सहवाग, ब्रायन लारा,युवराज सिंह,जोन्टी रोड्स, ब्रेटली, ब्रायन लारा, मुथैया मुरलीधरन जस्ता खेलाडीहरु रहेका छन् ।

भारत लेजेन्ड्स :सचिन तेंदुलकर (कप्तान),विरेन्द्र सहवाग, युवराज सिंह,मोहम्मद कैफ,युसुफ पठान,नमन ओझा,प्रज्ञान ओझा,नोएल डेविड,मुनाफ पटेल,इरफान पठान,मनप्रीत गोनी, एस. बद्रीनाथ र विनय कुमार।

बंगलादेश लेजेन्ड्स : मोहम्मद रफीक (कप्तान),खालिद महमुद,मोहम्मद शरीफ,मुश्फिकुर रहमान,मैमुन राशीद,नफीस इकबाल,अब्दुर रज्जाक,खालिद मशूद,हनन सरकार,जावेद उमर, राजिन सालेह,मेहराब हुसैन,आफताब अहमद र आलमगीर कबीर।

प्रतिक्रिया दिनुहोस्