onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौं मेयर कपको लागि एपीएफको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर)।काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा फागुन २२ देखि २९ गतेसम्म हुन् गईरहेको काठमाडौं मेयर कपका लागि विभागीय टोली एपीएफले आफ्नो टोलीको घोषणा गरेको छ ।

शरद भेषावकरको कप्तानीमा रहेको १५ सदस्यीय टोलीमा यसपटक एक मात्र परिवर्तन रहेको छ । प्रधानमन्त्री कपमा सहभागि रहेका ओपनर ब्याट्सम्यान रित गौतम मेयर कपका लागि घोषित टिम बाहिर रहेका छन् । उनि चोटका कारण टोलीबाट बाहिर रहेका हुन् । र उनको स्थानमा यज्ञमान कुमाललाई टोलीमा समावेश गरिएको छ । बाँकी सबैलाई भने यथावत राखिएको छ ।

प्रतियोगितामा एपीएफले भोलि शनिबार आर्मीविरुद्धसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ । खेल टियु मैदानमा हुनेछ।आर्मी यहि टिम हो जसले प्रधानमन्त्री कपमा एपीएफलाई ३३ रनले पराजित गर्दै उपाधि उचालेको थियो । तसर्थ भोलि हुने पहिलो खेलमा एपीएफ विगतलाई भुलेर सुखद सुरुवात गर्न चाहन्छ ।

प्रतियोगितामा आर्मी र एपीएफबाहेक प्रधानमन्त्री कपका सेमिफाइनल तय गरेका बागमती र नेपाल पुलिससँगै काठमाडौं महानगरको आफ्नो टोली काठमाडौं मेयर -११ को सहभागिता रहने छ ।

एपिएफको टोली: शरद भेषावकर (कप्तान),वसन्त रेग्मी, सुबास खकुरेल,शंकर राना, प्रदीप ऐरी,सन्दीप जोरा,कमलसिंह ऐरी,सुमित महर्जन,किशोर महतो,भुवन कार्की,मोहम्मद आसिफ शेख,अमर सिंह रौटेला,सुर्य तामाङ,अभिनास बोहरा र यज्ञमान कुमाल

प्रतिक्रिया दिनुहोस्