onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कपको उपाधि दाबेदार आर्मीको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर)। शनिबार देखि पहिलो पटक सुरु हुन् गईरहेको काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि प्रतियोगिताको उपाधि दाबेदार त्रिभुवन आर्मीले आफ्नो टोलीको घोषणा गरेको छ ।

अनुभवी तथा विकेट किपर ब्याट्सम्यान विनोद भन्डारीको कप्तानीमा रहेको टोलीमा अलराउन्डरद्वय सोमपाल कामी , करण केसी र युवा आक्रमक ब्याट्सम्यान कुशल मल्ल फर्किएका छन् । यसअघि काठमाडौंमै भएको प्रधानमन्त्री कपमा यी तीन महत्त्वपूर्ण खेलाडी अनुपस्थित रहेका थिए । सोही समयमा युएईमा टि -१० लिग भएपछि यी तीन खेलाडीले प्रधानमन्त्री कप गुमाएका थिए ।तर यी तीन खेलाडी विनानै आर्मीले एपीएफलाई हराउँदै प्रतियोगिताको च्याम्पियन बनेको थियो । र यी महत्त्वपूर्ण खेलाडीको आगमनसँगै आर्मी अझ बलियो देखिएको छ ।

युवाको पनि राम्रो उपस्थिति रहेको १५ सदस्यीय टोलीमा तीब्र गतिका बलर आकाश चन्द र हरिकृष्णा झालाई आराम दिईएको छ ।

आर्मीले प्रतियोगिताको सुरुवात प्रतियोगिताको पहिलो दिननै एपीएफसँग खेल्दै गर्नेछ । खेल टियु मैदानमा हुनेछ । काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् लागेको यस प्रतियोगिता फागुन २९ गतेसम्म चल्नेछ । जसमा प्रधानमन्त्री कपका सेमिफाइनल टिम आर्मी , एपीएफ, बागमती र पुलिससँगै काठमाडौं मेयर -११ को सहभागिता रहने छ ।

आर्मीको टिम :विनोद भण्डारी (कप्तान तथा विकेट किपर), करण केसी,सोमपाल कामी,कुशल मल्ल,विक्रम सोब,रोहित कुमार पौडेल,लोकेश बम,भिम सार्की,हरि चौहान,राजेश पुलामी मगर,जितेन्द्र मुखिया,सुशन भारी,अनिल मण्डल,राजु रिजाल र साहब आलम
प्रशिक्षक : चन्द्र साउद
व्यवस्थापक : राजिव चन्द

प्रतिक्रिया दिनुहोस्