onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विश्व क्रिकेटमा ६ बलमा ६ छ्क्का प्रहार गर्ने तीन खेलाडी

एजेन्सी । श्रीलंका क्रिकेट टोली अहिले वेस्ट इन्डिज भ्रमणमा रहेको छ । यी दुई बीच तीन खेलको टि-ट्वान्टी सिरिज , तीन खेलको एकदिवसीय सिरिज र तीन खेलकै टेष्ट सिरिज हुने खेल तालिका रहेको छ ।

सुरुमा अहिले टि-ट्वान्टी सिरिजको पहिलो खेल भईसकेको पनि छ । बिहिबार भएको पहिलो खेलमा घरेलु टोली वेस्ट इन्डिजले सहज ४ विकेटले जित आत्मसाथ गर्दा वेस्ट इन्डिजका कप्तान किरोन पोर्लार्डले अदभूत ब्याटिङ प्रस्तुत गरे ।

श्रीलंकाले प्रस्तुत गरेको १ सय ३२ रनको लक्ष्य लाई पछ्याउने क्रममा वेस्ट इन्डिजका कप्तान किरोन पोलार्डले इनिङ्सको छ्ठौं ओभरमा ६ छ्क्का प्रहार गरे । श्रीलंकाका स्पिनर अकिला धनन्जयको बलमा ६ बलमा ६ छ्क्का प्रहार गरेका उनि यो सँगै विश्व क्रिकेटका यस्तो सम्भव गर्ने तेस्रो खेलाडी र टि-ट्वान्टीतर्फ दोस्रो खेलाडी बने ।

यसअघि यस्तै अदभूत प्रदर्शन दक्षिण अफ्रिकाका हर्शल गिब्स र भारतका युवराज सिंहले गरेका थिए । गिब्सले सन् २००७ को एकदिवसीय विश्वकपका दौरान समूह चरणमा नेदरल्यान्ड्सका डान भानलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

वेस्ट इन्डिजको वार्नर पार्क मैदानमा मार्च १६ तारिखमा भएको उक्त खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ३ सय ५३ रन बनाएको थियो । त्यस क्रममा गिब्सले इनिङ्सको ३० औं ओभरमा ६ बलमा ६ छ्क्का प्रहार गरेका थिए । पछि जवाफी ब्याटिङ गरेको नेदरल्यान्ड १ सय ३२ रनमा सिमित हुँदा दक्षिण अफ्रिकाले खेल २ सय २१ रनले जितेको थियो । त्यस क्रममा खेलमा नायक सावित भएका गिब्सले ७२ रन बनाएका थिए ।

त्यसपछि विश्व क्रिकेटमा एकै ओभरमा ६ छ्क्का प्रहार गर्ने भारतका युवराज सिंह दोस्रो खेलाडी बने। सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टि-ट्वान्टी विश्वकपका दौरान यस्तो पारी सम्भव भएको थियो ।

विश्वकपको खेल त्यसमाथि इंग्ल्यान्ड जस्तो टिमविरुद्धको खेलाडी स्टुअर्ट ब्रडको ओभरमा ६ बलमा ६ छ्क्का त्यो अदभूतनै थियो। सेप्टेम्बर १९ तारिखमा किंग्समीड डरबनमा भएको उक्त सम्झनालायक खेलमा भारतले टस जितेर सुरुमा ब्याटिङ गर्दै निर्धारित २० ओभर पूरै खेल्दै ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।

त्यसक्रममा युवराजको त्यो १९ औं ओभर निकै यादगार सावित हुन पुग्यो । उक्त ओभरमा स्टुअर्टले ६ बलमा ६ छ्क्कासहित ३६ रन खर्चिदा युवराजका लागि विश्व क्रिकेटमा यस्तो अदभूत प्रदर्शन गर्ने टि-ट्वान्टीतर्फ पहिलो र समग्रको दोस्रो खेलाडी बन्न प्रयाप्त बन्यो । खेलमा स्टुअर्टले आफ्नो स्पेलको ४ ओभर पूरै बलिङ गर्दै ६० रन खर्चिएका थिए भने युवराजले ५८ रन बनाएका थिए । पछि इंग्ल्यान्डले खेल पनि १८ रनले गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्