onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराटले गरे धोनीको कीर्तिमानमाथि बराबरी

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डको बीच पाँच खेलको टेष्ट सिरिज अन्तर्गत पाँचौ तथा अन्तिम खेल बिहिबार देखि अहमदबादस्थित नरेन्द्र मोदी रंगशालामा सुरु भईसकेको छ ।

यो खेल भारतका लागि निकै महत्त्वपूर्ण रहेको छ । यसले आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनल निर्धारण गर्नेछ । यदी यो खेल भारतले बराबरी या जितेमा भारतले जुन १८ देखि २२ सम्म इंग्ल्यान्डस्थित लर्ड्स क्रिकेट मैदानमा हुने फाइनलमा न्युजिल्यान्डसँग भेट पक्का गर्नेछ । यदी यो खेलमा भारत इंग्ल्यान्डसँग पराजित भएको खण्डमा अष्ट्रेलिया फाइनल पुग्ने छ ।

यसरी महत्त्वपूर्ण खेल जारी रहदा अर्को तर्फ भारतीय कप्तान विराट कोहलीका लागि पनि यो खेल खास बनेको छ । यो खेल उनको कप्तानीको मातहतको ६० औं खेल हो । यसअघि विश्व टेष्ट क्रिकेटमा सर्वाधिक धेरै कप्तानीको कीर्तिमान भारतका महेन्द्र सिंह धोनीको नाममा रहेको छ ।

यो सँगै कीर्तिमान पनि बराबरी भएको छ । अन्तर्राष्ट्रिय क्रिकेटबाट धोनीले सन्यासको घोषणा गरिसकेका हुँदा टेष्ट क्रिकेटमा सर्वाधिक कप्तानी गर्ने विराट बन्नेछन् । यस्तै तेस्रो नम्बरमा रहेका इंग्ल्यान्डका पूर्व कप्तान एलेस्टर कुकले टेष्ट क्रिकेटमा ५९ खेलमा कप्तानी गरेका छन् ।

विराटले टेष्टतर्फ पहिलो पटक सन् २०१४ मा अष्ट्रेलिया भ्रमणको दौरान कप्तानीको जिम्मेवारी प्राप्त गरेका थिए । डिसेम्बरमा भएको उक्त सिरिजको पहिलो खेलमा महेन्द्र सिंह धोनीलाई आराम दिएर विराटलाई कप्तानीको जिम्मेवारी सुम्पिएको थियो । सिरिजको बाँकी दुई खेलमा भने महेन्द्र सिंह धोनीले नै कप्तानी गरेका थिए । यता यो सिरिजनै धोनिको करियरको अन्तिम टेष्ट हुन् पुग्यो । अष्ट्रेलियाविरुद्धको यस सिरिज खेलेपछि धोनिले टेष्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

विराटको कप्तानीमा अहिलेसम्म भारतले टेष्ट क्रिकेटमा ५९ खेलमा ३५ खेलमा जित र १४ खेलमा हार ब्यहोरेको छ ।भने १० खेल बराबरी हुन् पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्