onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

अष्ट्रेलियालाई सिरिज बराबरी गर्ने मौका

एजेन्सी । घरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाबीचको पाँच खेलको टि- ट्वान्टी सिरिजको चौथों खेल आज रहेको छ ।

नेपाली समय अनुसार अपरान्ह पौने १२ बजेपछि न्युजिल्यान्डस्थित वेस्टपक रंगशालामा हुने खेलमा पाहुना टोली अष्ट्रेलियालाई सिरिज बराबरी गर्ने मौका रहेको छ ।

सिरिज अन्तर्गत सुरुवाती दुई खेल गुमाएको अष्ट्रेलियाले तेस्रो खेलमा भने उत्कृष्ट कम ब्याक गर्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । उक्त खेल अष्ट्रेलियाले ६४ रनले जितेको थियो । र सोही निरन्तरता अष्ट्रेलिया आज पनि दिन चाहन्छ उता न्युजिल्यान्ड भने चौथों खेलमा जित निकाल्दै सिरिजमाथि आफ्नो नाम लेखाउन लालायित देखिन्छ ।

यी दुई बीच भएको पहिलो खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको थियो । त्यसपछि निकै रोमान्चक बनेको दोस्रो खेलमा न्युजिल्यान्डले अष्ट्रेलियालाई मात्र ४ रनले पराजित गरेको थियो ।

यस्सोमा चौथों खेलको नतिजा के होला अनुमान गर्न गाह्रो देखिन्छ । तर पछिल्ला खेलहरुमाथि नियाल्दा खेल पकै पनि प्रतिष्पर्दात्मक भने पक्कै हुनेछ ।

यस खेलपछि सिरिजको पाँचौ तथा अन्तिम खेल मार्च ७ तारिख अर्थात आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्