onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

इंग्ल्यान्डको मध्यम सुरुवात

एजेन्सी । घरेलु टोली भारत र इंग्ल्यान्डबीचको चौथों तथा अन्तिम टेष्टमा पाहुना टोली इंग्ल्यान्ड आफ्नो पहिलो इनिङ्समा २ सय ५ रनमा सिमित हुन् पुगेको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्ड टेष्टको पहिलो दिन पहिलो इनिङ्समा ७३.५ ओभरमा अलआउट हुँदै उक्त रनमा सिमित हुन् पुग्यो ।

टिमले मध्यम योगफल बनाउने क्रममा उसका लागि बेन स्टोक्सले सर्वाधिक ठूलो पारी खेले । १ सय २१ बलको सामना गरेका उनले ६ चौका र २ छ्क्काको सहयोगमा ५५ रनको योगदान गरे ।

यस्तै डेनियल लरेन्सले ७४ बलमा ८ चौकासहित ४६ तथा जोनी बेयरस्टोले २८ रन र ओली पोपले २९ रन बनाए ।

बलिङतर्फ भारतीय स्पिनरहरु चम्किँए । जसमा अक्षर पटेलले ४ तथा रविचन्द्रन आश्विनले ३ विकेट हात पार्दा सिराजले २ र वासिङटन सुन्दरले १ विकेट हात पारे ।

त्यसपछि आफ्नो इनिङ्सको सुरुवात गरेको भारत १२ ओभरमा १ विकेट गुमाएर २४ रन बनाएको अवस्थामा रहेको छ । जसमा क्रिजमा रोहित शर्मा ८ रन र चेतेश्वर पुजारा १५ रन बनाएर रहेका छन् ।

चार खेलको टेष्ट सिरिज अन्तर्गत पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको थियो भने त्यसपछिका दुई खेलमा इंग्ल्यान्ड पराजित हुन् पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्