onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कपको लाइभ हुने

काठमाडौं (अनलाइन खेल खबर ) । यहीँ शनिबार देखि फागुन २९ गतेसम्म काठमाडौंमा हुने काठमाडौं मेयर कपको प्रत्यक्ष प्रसारण(लाइभ) हुने भएको छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स टेलिभिजनले गर्नेछ । जसका लागि नेपाल क्रिकेट संघ (क्यान ) र डिस मिडिया नेटवर्कसँग सम्झौता भईसकेको पनि छ ।

एक्सन स्पोर्ट्सले गत पुसमा दाङको लमही क्रिकेट मैदानमा भएको महिला प्रधानमन्त्री कप र माघमा काठमाडौंमा भएको पुरुष प्रधानमन्त्री कप पनि प्रत्यक्ष प्रसारण गरेको थियो । यता प्रत्यक्ष प्रसारण गरेवाफत रकम भने गोप्यनै राखिएको छ ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् लागेको प्रतियोगितामा प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका आर्मी , एपीएफ, पुलिस र बागमती प्रदेशसँगै महानगरको आफ्नो टोली काठमाडौं मेयर -११ ले सहभागि जनाउँदै छन् । काठमाडौंको टोली भने प्रधानमन्त्री कपमा सेमिफाइनलबाट बाहिरिएका टोलीबाट राम्रो प्रदर्शन गरेका खेलाडीलाई समावेश गर्दै टोली तयार गरिएको छ ।

एकदिवसीय ढाँचामा हुने प्रतियोगिताको पहिलो दिन टियु क्रिकेट मैदानमा आर्मीले एपीएफको सामना गर्दा सोही दिन मूलपानीमा बागमतीले पुलिसको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्