onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पाकिस्तान सुपर लिग स्थगित

एजेन्सी । विश्वको चर्चित मध्यको एक फेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग(पिएसएल)स्थगित हुन् पुगेको छ ।

फेब्रुअरी २० तारिख देखि सुरु भएको प्रतियोगिताको दौरान खेलाडीहरुमा कोभिड-१९ को सक्रमण देखिएपछि प्रतियोगिता अनिश्चित समय सम्मका लागि स्थगित हुन् पुगेको हो ।

पछिल्लो समय कोभिडको प्रभाव बढन थालेपछि पाकिस्तान क्रिकेट बोर्डले बिहिबार आपतकालीन बैठकमार्फत प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । भर्चुअलमार्फत बसेको बैठकमा बोर्डले सबै टोलीका मालिक र ब्यबस्थापकहरुसँग सल्लाह गरि उक्त निर्णय लिईएको हो ।

पछिल्लो पटक प्रतियोगिता खेल्न पुगेका ७ जनालाई कोभिड पुष्टि भईसकेको छ । जसमध्य बिहिबार मात्रै ४ जना खेलाडीमा कोभिड देखिएको थियो ।

पाकिस्तानस्थित लाहोर र कराचीमा भएको प्रतियोगितामा लिग चरणमा अहिलेसम्म १४ खेल भईसकेका थिए । कुल ६ फेन्चाइज टोलीको सहभागी रहेको प्रतियोगितामा हालसम्म कराची किंग्स ६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ ।

यता केही दिनअघि मात्र नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने प्रतियोगिता खेल्न त्यसतर्फ पुगेका थिए । उनि अफगानिस्तानका स्टार खेलाडी राशिद खानले जिम्बाबेविरुद्धको सिरिज खेल्न राष्ट्रिय टोलीमा फर्किएपछि उनको स्थानमा सन्दीपलाई लाहोर कलन्दर्सले टिममा भित्राएको थियो ।

प्रतिक्रिया दिनुहोस्