onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कपको लागि बागमतीको टोली घोषणा

काठमाडौं (अनलाइन खेल खबर ) । यहीँ शनिबार देखि फागुन २९ गतेसम्म काठमाडौंमा पहिलो पटक हुन् गईरहेको काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि बागमती प्रदेशले आफ्नो टोलीको घोषणा गरेको छ ।

प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले बुधबार १५ सदस्यीय टोलीको घोषणा गरेको छ । जस अन्तर्गत टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले गर्नेछन् । यस्तै उप-कप्तानीको जिम्मेवारी पृथु बास्कोटालाई दिईएको छ ।

यस्तै टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कासँगै आदिल खान,इशान पाण्डे,आकाश थापा,राम नरेश गिरी,नन्दन यादव,सोनु तामाङ,अरियो पौडेल,सोनु देवकोटा,विपिन आचार्य, सुवाश खत्री,दिपेश श्रेष्ठ र गौतम केसी रहेका छन् । टोलीमा यसअघि प्रधानमन्त्री कपमा रहेका विभत्सु थापा र तिलकराज भण्डारी बाहिरिएका छन् । उनको स्थानमा सोनु देवकोटा र सोनु तामाङलाई मौका दिईएको छ ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् लागेको यस मेयर कप क्रिकेट प्रतियोगितामा प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका बागमती ,आर्मी ,पुलिस,एपीएफसँगै महानगरको एक टोली काठमाडौं मेयर -११ ले सहभागि जनाउँदै छन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा बागमतीले प्रतियोगिताको पहिलो दिननै पुलिसविरुद्ध खेल्दै सुरुवात गर्नेछ । खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ । यता सोही दिन टियु मैदानमा आर्मीले एपीएफको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्