onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

प्रधानमन्त्री कपमा अनुपस्थित कुशल , सोमपाल र करणले मेयर कप खेल्ने

काठमाडौं (अनलाइन खेल खबर ) । अघिल्लो महिना काठमाडौंमा भएको चौथों संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा अनुपस्थित रहेका नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य कुशल मल्ल ,सोमपाल कामी र करण केसीले मेयर कपमा भने खेक्ने भएका छन् ।

यहीँ शनिबार देखि काठमाडौस्थित टियु क्रिकेट मैदान र मूलपानीमा पहिलो पटक हुन् गईरहेको मेयर कपमा यी स्टार खेलाडीहरुको पनि उपस्थिति रहने छ । युएईमा भएको टि-१० लिगका कारण यी खेलाडीहरु प्रधानमन्त्रीमा अनुपस्थित रहेका थिए । टि-१० मा कुशल मल्लले पारस खड्का एसोसिएट मेन्टर रहेको टिम आबुधाबीबाट खेल्दा सोमपालले मराठा अरेवियन्स र करणले पुणे डेभिल्सबाट खेलेका थिए ।

त्रिभुवन आर्मीमा आबद्ध यि खेलाडी विनानै आर्मीले प्रधानमन्त्री कपको उपाधि उचालेको थियो । प्रतियोगिताको उपाधि उचाल्ने क्रममा आर्मीले फाइनलमा अर्को विभागीय टोली एपीएफलाई ३३ रनले पराजित गरेको थियो ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा फागुन २९ गतेसम्म चल्ने मेयर कपमा कुल पाँच टोलीको सहभागिता रहनेछ । प्रतियोगितामा प्रधानमन्त्री कपमा सेमिफाइनल पुगेका आर्मी , एपीएफ , पुलिस र बागमतीसँगै महानगरको आफ्नो टोली काठमाडौं मेयर -११ को पनि सहभागि जनाउने छ ।

काठमाडौं मेयर कपमा प्रधानमन्त्री कपमा समूह चरणबाटै बाहिरिका टोलीबाट राम्रो प्रदर्शन गरेका खेलाडीहरु छ्नोट भएका छन् । युवाको वर्चस्व रहेको टोलीमा सिद्धान्त लोहनी ,कृष्ण कार्की,सन्दीप रजाली,सौरभ खनाल,बिक्रम भुषाल ,अनिल खरेल,विवेक यादव ,हरि शंकर शाह ,अर्जुन कुमाल , विपिन खत्री,रविन्द्रजंग शाही,विपिन रावल,अनुज चनारा , खडक बहादुर बोहरा र नारायण जोशी रहेका छन् ।

यता प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक भईसकेको छ । जसमध्य प्रतियोगिताको पहिलो दिन टियुमा त्रिभुवन आर्मीले एपीएफको सामना गर्दा सोही दिन मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्