onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आईपीएलमा पैसाले धेरै महत्व राख्दा पाकिस्तान सुपर लिगमा क्रिकेटले राख्छ : डेल स्टेन

एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित तीब्र गतिका बलर डेल स्टेनले इन्डियन प्रिमियर लिग (आईपीएल ) भन्दा पाकिस्तान सुपर लिग र लंका प्रिमियर लिग क्रिकेटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् ।

हाल पाकिस्तान सुपर लिग खेलिरहेका उनले क्रिकेट पाकिस्तानलाई केही दिन अघि दिएको एक अन्तर्वार्तामा उनले उक्त भावना व्यक्त गरेका थिए ।

आईपीएलमा ठूलो टोली हुन्छ । त्यसमा ठूला ठूला नामहरु पनि हुन्छन् । तसर्थ कहिले काहिँ खेलाडी क्रिकेटलाई भन्दा बढी पैसालाई महत्त्वपूर्ण दिईरहेका हुन्छन् । तर पाकिस्तान सुपर लिगमा क्रिकेटले धेरै महत्त्व राख्छ ।

उनको यो अन्तर्वार्ता अहिले क्रिकेट जगतमा चर्चामा रहेको छ । जसरी उनले आफ्नो धारणा राख्दा उनको आलोचना समेत भएको छ । जसलाई भारतमा अलिकति बंगाएर पनि प्रस्तुत गरिएको छ । तर जसरी उनले आईपीएलको बारेमा उल्लेख गरेका छन् । त्यो उनको ब्यक्तिगत अनुभव मात्र हो ।

सन् २००८ बाट सुरु भएको आईपीएलमा उनले पहिलो संस्करणमा रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्दै आईपीएल यात्रा तय गरेका थिए । लामो समय आईपीएलमा समेत बिताएका उनले यसबीचमा ९५ खेल खेले । जसमा उनको विकेट सङ्ख्या ९७ रनको छ । उनले यसअघि बेंगलोरबाटै आईपीएल खेलेका थिए । तर यस संस्करणको लागि बेंगलोरले उनलाई रिलिज गरेपछि उनले आफ्नो नाम अक्सनमा दर्ता गराएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्