onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको सानदार जित

एजेन्सी । घरेलु टोली न्युजिल्यान्ड र अष्ट्रेलियाबीच पाँच खेलको टि – ट्वान्टी सिरिजको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलियाले सानदार जित निकालेको छ ।

बुधबार भएको खेलमा अष्ट्रेलियाले प्रस्तुत गरेको २ सय ९ रनको विशाल लक्ष्यलाई पछ्याएको न्युजिल्यान्ड १७.१ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ४४ रनमा मात्र सिमित हुन् पुग्दा अष्ट्रेलियालाई सानदार ६४ रनले जित निकाल्न प्रयाप्त बन्यो ।

विशाल चुनौतीलाई पछ्याएको भएपनि उसका लागि ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र डेभन कोन्वेले बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान गर्न सकेनन् । न्युजिल्यान्डका लागि सर्वाधिक ठूलो पारी खेलेका गुप्टिलले २८ बलमा २ चौका र ३ छ्क्कासहित ४३ रनको योगदान गरे । यस्तै कोन्वेले ३८ रन बनाउँदा मार्क चैपम्यानले १८ रन जोडे ।

न्युजिल्यान्डको ब्याटिङ ध्वस्त पार्ने क्रममा अष्ट्रेलियाका एस्टन अगर एक्लैले ६ विकेट हात पारे । आफ्नो स्पेलको ४ ओभर बलिङ गरेका उनले मात्र ३० रन खर्चिएर उक्त विकेट लिए ।
रिले मेरिथले २ तथा एडम जम्पा र केन रिचर्डसनले १-१ विकेट लिए ।

त्यसअघि वेस्टपक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभर पूरै खेल्दै मात्र ४ विकेट गुमाएर २ सय ८ रन बनाएको थियो ।

टिमले विशाल योगफल बनाउने क्रममा अष्ट्रेलियाले पहिलो विकेट इनिङ्सको दोस्रो ओभरको तेस्रो बलमा ओपनर तथा विकेट किपर ब्याट्सम्यान म्याथ्यू वेडलाई गुमाएको थियो । ट्रेंट बोल्टको बलमा आउट हुन् पुगेका उनले मात्र ५ रन बनाए ।

म्याथ्यू पभेलियन फर्किएपछि अष्ट्रेलियाले राम्रो साझेदारी पाउँदै गयो । त्यसबीचमा कप्तान आरोन फिन्च र जोश फिलिपले पारीलाई अगाडि बढाउँदै लगे । त्यसको फल स्वरुप यी दुईबीच दोस्रो विकेटका लागि ८३ रनको साझेदारी हुन् पुग्यो ।

९.६ ओभरमा टिमको स्कोर ८९ रन हुँदा दोस्रो विकेटका रुपमा ईश सोधीको बलमा क्याच आउट हुनुअघि फिलिपले २७ बलमा ३ चौका र १ छ्क्काको मद्धतमा ४३ रन बनाए ।

फिलिप आउट भएपछि फिन्चलाई साथ दिन ग्लेन म्याक्सवेल मैदानमा आए । जसमा यो जोडी जम्न पुग्दा अष्ट्रेलिया विशाल योगफलतर्फ अग्रसर हुन् पुग्यो । यी दुईबीच तेस्रो विकेटका लागि ६४ रनको साझेदारी हुन् पुगेको थियो । १५.५ ओभरमा टिमको स्कोर १ सय ५३ रन हुँदा तेस्रो विकेटका रुपमा ईश सोधीको बलमा क्याच आउट हुन् पुगेका फिन्चले ६९ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले उक्त महत्वपूर्ण पारी खेल्ने क्रममा ८ चौका र २ छ्क्का समेत प्रहार गरे ।

त्यसपछि आक्रमक पारीमा ब्याटिङ गरेका म्याक्सवेलले ७० रन बनाउँदा टिम विशाल योगफलतर्फ पुग्यो ।१७.६ ओभरमा टिमको स्कोर १ सय ९४ रन हुँदा टिम साउथीको बलमा
विकेट किपर टिम सेफर्टको हातबाट क्याच आउट हुँदै चौथो विकेटका रुपमा पभेलियन फर्किएका उनले टिमका लागि सर्वाधिक ठूलो पारी खेल्ने क्रममा मात्र ३१ बलको सामना गर्दै ८ चौका र ५ छ्क्का समेत प्रहार गरे । यस्तै अत्यमा अविजित रहेका मार्कस स्टोइनिस र मिशेल मार्शले क्रमशः ९ र ६ रन बनाए ।

यो सँगै सिरिजमा अष्ट्रेलिया फर्किएको छ । यसअघिका दुई खेल अष्ट्रेलियाले गुमाएको थियो । पहिलो खेलमा ५३ रनले पराजित भएको अष्ट्रेलिया दोस्रो खेलमा मात्र ४ रनले पराजित भएको थियो । अब यी दुईबीचको चौथो खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्