onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

सिरिज जोगाउन अष्ट्रेलियालाई जित्नै पर्ने दबाब

एजेन्सी । घरेलु टोली अष्ट्रेलिया र न्युजिल्यान्डबीचको पाँच खेलको टि-ट्वान्टी सिरिज अन्तर्गत तेस्रो खेल आज बुधबार हुँदैछ।

नेपाली समय अनुसार दिउँसो पौने १२ बजेपछि सुरु हुने खेलमा पाहुना टोली जितको खोजिमा रहने छ । यसअघिका दुई खेलमा पराजित भएको अष्ट्रेलियालाई यो खेल जित्नै पर्ने दबाब समेत रहेको छ । यदि खेल गुमाएको खण्डमा सिरिजनै अष्ट्रेलियाले गुमाउने छ ।

अष्ट्रेलिया पहिलो खेलमा न्युजिल्यान्डसँग ५३ रनले पराजित हुँदा रोमान्चक बनेको दोस्रो खेलमा मात्र ४ रनले पराजित हुन् पुगेको थियो । खेलमा न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २० रनलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया २ सय १५ रनमा सिमीत हुन् पुगेको थियो मार्टिन गुप्टिलले ९७ रनको योगदान गरेका थिए । भने अष्ट्रेलियाका लागि मार्कस स्टोनिसले सर्वाधिक ठूलो पारी खेल्ने क्रममा ७८ रन बनाएका थिए ।

तुलनात्मक रुपमा अष्ट्रेलियाले सोचे अनुरुप खेल्न सकिरहेको छ । कहिँ न कहिँ ब्याटिङ अझै खुल्न सकिरहेको छैन । यस्तोमा अष्ट्रेलियाले त्यसमा सुधार गर्न आवस्यक देखिन्छ ।

सिरिज अन्तर्गत तेस्रो खेलपछि शुक्रबार चौथों तथा आईतबार सिरिजको पाँचौ तथा अन्तिम खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्