onlinekhelkhabar.com

Complete website for Nepali Sports News

भारत र अफगानिस्तान सगँं खेल्ने नेपाली युवा क्रीकेट टोली को घोषणा : आसिफ शेख ले टिम को नेतृत्व गर्ने

भदौ २२ , अनलाईन खेलखबर || भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजना मा सेप्टेम्बर १२ देखि भारत मा हुन गईरहेको एकदिवसीय श्रीखंला मा सहभागि जनाउने नेपाली यु-१९ क्रीकेट टोलि को घोषणा आज गरिएको छ ।

आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, यू-१९ का मुख्य प्रशिक्षक विनोद दास तथा सुनोज भट्टराई र राजु खड्काको छनोट समिति ले आसिफ शेख को कप्तानी मा १५ सदस्यीय नेपाली टोलि को घोषणा गरेको हो ।

अन्तिम टोलीमा केही पुरानासहित नयाँ खेलाडीहरु पनि अटाएका छन् । राष्ट्रिय टिमका नियमित सदस्य रहेका यू-१९ कै खेलाडीहरु सन्दिप लामिछाने , दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, अनिल शाह जस्ता खेलाडीलाई भने टिममा समावेश गरिएको छैन ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को आयोजना मा हुन लागेको एकदिवसीय प्रतियोगिता मा नेपाल सहित भारत र अफगानिस्तान को यू–१९ टोलीले खेल्नेछ्न साथ मा बिसिसिआई को एकेडेमीक टोलि नेसनल क्रिकेट एकेडेमी (एनसीए) यू–१९ टोली लाई पनि प्रतियोगिता मा समाबेश गरि खेल कुल ४ टिम बनाएर खेल खेलाईने छ ।

प्रतियोगिता मा नेपालले सेप्टेम्बर १२ मा एनसीए यू–१९ विरुद्ध पहिलो खेल खेल्नेछ भने भारतको यू–१९ सँग सेप्टेम्बर १४ मा इडेन गार्डेन्समा खेल्नेछ । नेपाली यू–१९ टोलीले भने अफगानिस्तान यू–१९ र एनसीए यू–१९ सँगको खेल जादवपुर युनिभर्सिटी (जेयू) क्याम्पस मैदानमा खेल्नेछ ।

यो प्रतियोगिता भारतको यू–१९ र अफगानिस्तानको यू–१९ टोलीले यसलाई विश्वकपको तयारीका रूपमा हेरेको छ । भने नेपाल का लागि अनुभवी बनाउने राम्रो अबसर का रुपमा हेरिएको छ ।

मलेसियामा भएको पछिल्लो एसिया कपमा नेपाली यू–१९ क्रीकेट टोलि ले भारतको यू–१९ टोलीमाथि सनसनि पुर्ण १९ रनको ऐतिहासिक जित हात पारे पछि नेपालि युवा टोलि को चर्चा बिश्वभर भएको थियो । जुन हाल सम्म भारतसँग कुनै पनि प्रतिस्पर्धामा नेपालको त्यही एक मात्र जित हो । जसले गर्दा नेपाली युवा टोलि देखि हाल भारत प्रभावित हुँदै आएको छ । जसले गर्दा यो अबसर नेपाल ले प्राप्त गरेको हो ।

चार टोली सम्मिलित एकदिवसीय शृंखला

• सेप्टेम्बर १२

भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

• सेप्टेम्बर १४
भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स
एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जेयू

• सेप्टेम्बर १६
भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स
अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जेयू

• सेप्टेम्बर १८

टिम १ विरुद्ध टिम २
टिम ३ विरुद्ध टिम ४

• सेप्टेम्बर १९
वैकल्पिक दिन

नेपाली यु -१९ क्रीकेट टोलि

आशिफ शेख (कप्तान), पवन सरार्फ ,रसिद खान,भीम सार्की,सन्दिप जोरा,कमल सिंह ऐरी,
किशोर महतो,रित गौतम,विपिन रावल,लोकेश बम,त्रिराज दास,रवि शाह,सागर ढकाल,अरुण ऐरी र मोहम्मद आलम

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *