onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

विराट बने एक सय मिलियन फलोअर्स पाउँने पहिलो क्रिकेटर

एजेन्सी । खेलाडीको लोकप्रियता कत्तीको छ भन्ने कुराको मापन गर्ने धेरै कुराहरु रहेका छन् । त्यसमध्य एक महत्त्वपूर्ण र सरल माध्यम भनेको सामाजिक संजाल पनि हो ।

यसै बीचमा सामाजिक संजालमा पछिल्लो समय युवाहरुको लोकप्रिय बन्दै गएको इन्स्टाग्राममा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई फलो गर्नेहरुको सङ्ख्या एक सय मिलियन पुगेको छ ।

यो सँगै लोकप्रियताको उच्चतम विन्दुमा रहेका विराट इन्स्टाग्राममा सय मिलियन पूरा गर्ने पहिलो क्रिकेटर समेत बनेका छन् । यसका साथै उनि एसियाबाट सर्वाधिक रुचाईएका सेलेब्रेटी पनि बनेका छन् । एसियाबाट फलोअर्सको आधारमा भारतीय अभिनेत्री प्रियङ्का चोपडा दोस्रो स्थानमा रहेकी छिन् । हालसम्म उनको ६०.८ मिलियन फलोअर्स रहेको छ ।

विश्वभर इन्स्टाग्राममा सर्वाधिक फलोअर्स पाउँनेमा पोर्चुगाली स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनलाई हालसम्म २ सय ६६ मिलियनले फलो गरेका छन् । यस्तै खेलाडीको हकमा दोस्रो स्थानमा अमेरिकी अभिनेता, चलचित्र निर्देशक, चलचित्र निर्माता तथा कुस्तीबाज ड्वेन जोनसन रहेका छन् । उनलाई हालसम्म २ सय २० मिलियनले फलो गरेका छन् ।

यस्तै तेस्रो स्थानमा अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले रहेका छन् । उनलाई हालसम्म १ सय ८७ मिलियनले फलो गरेका छ। यता विराटको अन्य सामाजिक संजालमा पनि उत्तिकै फलोअर्स सङ्ख्या रहेको छ । जस अन्तर्गत फेसबुकमा ३६ मिलियन रहदा ट्वीटरमा ४०.८ मिलियन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्