onlinekhelkhabar.com

Complete website for Nepali Sports News

एसिया कप छनोट प्रतियोगिता खेली नेपाली क्रीकेट टोली स्वदेश फिर्ता

भदौ २२ , अनलाईन खेलखबर || मलेसिया मा भएको एसिया कप छनोट क्रीकेट प्रतियोगिता खेली नेपाली क्रीकेट टोलि आज स्वदेश फिर्ता भएको छ ।

आज मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल मा मालिन्डो एअरमार्फत नेपालि टोलि स्वेदेश फर्किएको छ । स्वाभाविक रुपमा प्रतियोगिता मा उल्लेख प्रंदशन गर्न नसकेको नेपाली टोलि लाई विमानस्थल मा सामान्य स्वागत गरियो । केही आफन्त , सुभेक्षक , पत्रकार तथा केही क्रीकेट समर्थक ले स्वागत गरेका थिए ।

प्रतियोगिता अघि छ्नोट प्रतियोगिता को उपाधी उचाल्ने लक्ष्य सहित नेपाल मलेसिया प्रस्थान गरेको थियो । प्रतियोगिता को दाबेदार भएपनि नेपाल ले सोचे अनुरुप खेल्न सकेन । सुरुवाती दुई खेल मा लगातार पराजित भएको नेपाल ले सिगापुर र आयोजक मलेसिया लाई मात्र पराजित गर्यो साथै आफ्नो अन्तिम खेल मा हङकङ सगँ पनि पराजित हुन पुगेको थियो ।

एसिया कप छनौट प्रतियोगितामा नेपालले चौथो स्थान हात पारेपछि छनौट हुन असफल रहेको थियो ।

स्वदेश फर्किए लगत्तै विमान स्थल मा पत्रकार हरु सगँ छोटो प्रतिक्रिया दिने क्रम मा नेपाली क्रीकेट टोलि का कप्तान पारस खडका ले सिंगो नेपाली क्रिकेटलाई पोस्टमार्टम गर्ने समय आएको बताएका छन् ।

उनले थप्दै प्रतियोगिता मा सोचे अनुरुप खेल्न सकेनौं । हामीले आफ्नो क्षमताको ४०% मात्र खेल्यौं। उनले भने यस्तै हार को जिम्मेवारी आफू ले नै लिने पत्रकार हरु सगँ को भेटघाट मा उनले भने ।

अब नेपाली क्रीकेट टोलि ले मलेसिया मा नै अक्टोबर ३ तारिख बाट सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी-२० विश्वकपको उप-क्षेत्रिय छनौट प्रतियोगिता खेल्नेछ ।

प्रतियोगिताको खेल तालिका सार्वजनिक भएसंगै नेपालले एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा सहभागिता जनाउंदै छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *