onlinekhelkhabar.com

Complete website for Nepali Sports News

हङकङ एसिया कप का लागि छनोट : फाईनल मा युएई २ बिकेट ले पराजित

भदौ २१ , अनलाईन खेलखबर || मलेसिया मा सम्पन्न एसिया कप छ्नोट प्रतियोगिता उपाधि हङकङ ले उचालेको छ । आज भएको फाईनल खेल मा युएई लाई २ बिकेट ले पराजित गर्दै हङकङ एसिया कप का लागि छनोट भएको हो ।

आउदो सेप्टेम्बर १३ देखि २८ सम्म युएई मा हुने एसिया कप मा अब हङकङ खेल्नेछ जहाँ समूह मै क्रीकेट का पावर हाउस ईन्डिया र पाकिस्तान सगँ खेल्ने अबसर पाउने छ ।

किनरारा ओभल एकेडमी क्वालालम्पुर मलेसिया मा भएको प्रतियोगिता को फाईनल खेल मा युएई ले टस हारेर पहिले ब्याटिङ गरेको थियो बर्षा ले प्रभावित बनेको खेल लाई २४ ओभर मा घटाएर खेलाईएको थियो ।

असराफ अहमद को सर्बाधिक ७९ रन र सैइमान अनवर को २२ रनको मद्दत मा युएई ले पुरै २४ ओवर खेल्दै ९ बिकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

बलिग तर्फ हङकङ का लागि एईजाज खान ले सर्बाधिक ५ बिकेट हात पार्दा नदिम अहमद ले ३ बिकेट हात पारे ।

१ सय ७७ रनको बिजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ मा उत्रिएको च्याम्पियन हङकङ ले लक्ष्य २३.३ ओवर मा ८ बिकेट गुमाएर भेटायो । हङकङ लाई च्याम्पियन बनाउँन निजाकत खान ले ३८ रन को पारी खेले भने अन्सुमन राथ ले २८ रनको पारी खेले साथै क्टटेर र ईशान खान ले क्रमश : ३३ र २९ रनको योगदान गरेका थिए ।

बलिग तर्फ भने युएई का मोहम्मद नाभेद ले २ बिकेट लिए भने अमिर दावत , अहमद राजा , रोहन मुस्तफा र सैइमान अनवर ले समान १/१ बिकेट हात पारे ।

पुर्ब प्राबधान अनुरुप बिजेता हङकङ एसिया कप मा छ्नोट भएको छ । प्रतियोगिता मा हङकङ सहित नेपाल , ओमान , युएई , मलेसिया र सिगांपुर को सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्