onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंमा पुरुषपछि महिला मेयर कप हुने

काठमाडौं (अनलाइन खेल खबर ) । काठमाडौंमा पुरुष मेयर कपपछि महिलाको मेयर कप हुने भएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा यो प्रतियोगिता हुन् लागेको हो ।

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा फागुन २२ गते देखि २९ गतेसम्म हुन् लागेको पुरुष मेयर कप लगत्तै महिलाको मेयर कप आयोजना हुने भएको हो । त्यसका लागि ललितपुर महानगरपालिकासँग सहकार्य गर्दै अहिले नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो आन्तरिक तयारीमा पनि जुटिसकेको अवस्था छ ।

क्यान स्रोतका अनुसार प्रतियोगिता चैत्रको पहिलो साता भित्रबाट सुरु भईसक्ने उच्च सम्भावना रहेको छ । जसमा पुरुषको जस्तै पाँच टोलीको सहभागिता रहने छ ।

जसमा पुसमा दाङको लमहीमा भएको राष्ट्रिय महिला प्रतियोगिताको सेमिफाइनल पुगेका टोलीहरु प्रदेश १ ,एपीएफ ,लुम्बिनी र सुदूरपश्चिमसँगै ललितपुर महानगरपालिकाको पनि छुट्टै टोली तयार हुनेछ । ललितपुरको टिममा प्रधानमन्त्री कपमा समूह चरणबाट बाहिरिएका प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशबाट राम्रो प्रदर्शन गरेका खेलाडीहरु समावेश हुनेछन् ।

कोभिड -१९ को प्रभावपछि महिला प्रधानमन्त्री कप बाटै नेपाली खेलकुद फर्किएको थियो । लामो अन्तरालपछि फर्किएको क्रिकेट आफैमा उपलब्धिमुलक सावित हुन् पुग्दा विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलो पटक उपाधि उचालेको थियो ।

प्रतिक्रिया दिनुहोस्