onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

रंगशाला उधारोमा बन्दै

काठमाडौं (अनलाइन खेल खबर ) । धुर्मुस सुन्तली फाउन्डेसनले जनस्तरबाट चितवनस्थित रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला अहिले उधारोमा बन्दै गरेको अवस्था छ ।

फाउन्डेसनले सोमबार पत्रकार सम्मेलन गर्दै अहिलेसम्मको अवस्था बारे जानकारी गराएको थियो । जसमा अहिलेसम्म संकलन भएको र खर्च विवरण पनि फाउन्डेसनले उल्लेख गरेको छ ।

कुल ३ अर्व ५५ करोड लागत लाग्ने अनुमानित गरिएको रंगशाला निर्माणार्थ अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ रकम संकलन भएको छ । जसमध्य हालसम्म ४३ करोड ४८ लाख ६ हजार ३ सय ८२ रुपैयाँ खर्च भईसकेको छ । यस्तोमा ११ करोड १७ लाख ८२ हजार २७ रुपैयाँ फाउन्डेसन उधारोमा रहेको छ ।

पछिल्लो समय अपेक्षित रुपमा रकम संकलन नभईरहेको अवस्थामा फाउन्डेसनले अहिले नयाँ अवधारणा पनि अगाडि बढाई सकेको छ । हाम्रो रंगशाला मेरो कुर्सी नामक उक्त अभियानबाट फाउन्डेसनले ठूलो आशा बोकेको छ ।

यसबाफत ३० हजार दर्शक क्षमता रहेको रंगशालामा रहेका हरेक सिटमा अब सहयोगीदाताको नाम उल्लेख गरिने भएको छ । सिटमा नाम उल्लेख गराउन ईक्छुक सहयोगी मन भएकाहरुले न्युनतम १ लाख प्रदान गर्नु पर्नेछ । त्यसपछि इक्छाएको अनुसार स्वयम आफ्नो ,परिवार तथा संस्थाको नाम उक्त सिटमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्