onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

मेयर कप : काठमाडौंको टोलीमा युवाको वर्चस्व

काठमाडौं(अनलाइन खेल खबर)। फागुन २२ गते देखि २९ गतेसम्म काठमाडौंमा हुन् गईरहेको पहिलो संस्करणको मेयर कपका लागि काठमाडौं महानगरपालिकाको टिम तयार भएको छ ।

हालै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडी सम्मलित गरि तयार गरिएको टोलीमा १५ वर्षिय गण्डकीका अर्जुल कुमाल देखि घरेलु क्रिकेटमा अनुभवी खेलाडी सिद्धान्त लोहनीसम्मका रहेका छन् ।

जसमा युवा खेलाडीको बाहुल्यता रहेको छ । यस्तै प्रदेशका हिसावले टोलीमा सर्वाधिक धेरै लुम्बिनी प्रदेशका ५ खेलाडी समावेश छन् भने सबैभन्दा कम प्रदेश १ बाट रहेका छन् । प्रदेश बाट सिद्धान्त लोहनीले मात्र टोलीमा स्थान बनाउँदा लुम्बिनी प्रदेशबाट कृष्ण कार्की, सन्दीप रजाली, सौरभ खनाल, बिक्रम भुषाल र अनिल खरेल रहेका छन् ।

यस्तै प्रदेश २ बाट विवेक यादव र हरि शंकर शाह छ्नोट हुँदा गण्डकी प्रदेशबाट अर्जुन कुमाल र विपिन खत्री रहेका छन् । कर्णाली प्रदेशबाट रविन्द्रजंग शाही, विपिन रावल र अनुज चनारा चयन हुँदा सुदूरपश्चिम प्रदेशबाट खडक बहादुर बोहरा र नारायण जोशी टिममा समावेश हुन् सफल भएका छन् ।

काठमाडौं महानगरपालिकाको ५० लाख आर्थिक सहयोगमा हुन् लागेको प्रतियोगितामा प्रधानमन्त्री कपका सेमिफाइनल टोलीहरु एपीएफ,आर्मी,पुलिस र बागमतीसँगै काठमाडौं महानगरपालिकाको टोलीले सहभागिता जनाउँदै छ ।

प्रतिक्रिया दिनुहोस्