onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

गौतम बुद्ध रंगशालाको सिटमा सहयोगीदाताको नाम रहने

काठमाडौं (अनलाइन खेल खबर ) । चितवनस्थित रामपुरमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सिटमा आफ्नो नाम राख्न सकिने ब्यबस्था मिलाईएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले सोमबार काठमाडौंमा एक कार्यक्रम गरि उक्त अवधारणाको बारेमा जानकारी गराएको थियो । जसअनुसार अब रंगशालामा तयार हुने प्रत्येक सिटमा सहयोगीदाताहरुको नाम उल्लेख हुने भएको छ ।

करिब ३० हजार सिट क्षमताको रंगशालामा सहयोग गर्नेहरुले न्युनतम एक लाख प्रदान गरे आफुले ईक्छाएको सिटमा आफ्नो नाम दर्ता गर्न सक्नेछन् । जसमा ब्यक्तिगत ,पारिवारिक अथवा संस्थाको पनि नाम उल्लेख गर्न सकिने छ ।

हाम्रो रंगशालामा मेरो कुर्सी नामक यस अभियानमा जोडिन र सिटलाई रोज्नका लागि फाउन्डेसनले मोबाइल एप्सको ब्यबस्था गरेको छ । जुन चाडैनै सुचारु हुने फाउन्डेसनले जानकारी गराएको छ ।

निर्माण कार्यलाई थप टेवा पुग्ने हेतुका साथ यो अवधारणा अघि सारेको फाउन्डेसनले यस अभियानबाट ठूलो आशा पनि राखेको छ । रंगशाला निर्माणका लागि कुल ३ अर्व ५५ करोड जति लाग्ने बताईएको छ । जसमा अहिलेसम्म ३२ करोड ३० लाख २४ हजार ३ सय ५४ रुपैयाँ मात्र संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्